अष्ट्रेलियाका जनताले भनेः प्रधानमन्त्री तिमीलाई लाज लाग्नुपर्ने

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण झण्डै १ अर्व जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका थिए ।

 

न्यु साउथ वेल्स र भिक्टोरियामा फैलिएको डढेलोका कारण मानिस घरबास भएका छन् भने खर्बौँको सम्पत्ति खरानी भएको छ । 

 

मानिसको यस्तो कठिन अवस्थालाई व्यवास्था गर्दै प्रधानमन्त्री स्कट मरिसन हवाइ घुम्न गएको खबर बाहिर आएको थियो । जब उनी बिदा सकाएर देश फिर्ता भए तब उनको व्यापक आलोचना भएको थियो ।

 

उनले आफ्ना जनाताहरुसँग माफी पनि मागे । तर, जनताहरुले उनलाई माफी नगरेको बताइएको छ । सन् २००९ मा गरिएको एक अध्ययन अनुसार सन् २०२० सम्ममा सबैभन्दा ठुलो आगलागी अष्ट्रेलियामा हुने र यसले ठुलो क्षति गर्ने बताइएको थियो । तर, स्कट मरिसनले जलवायु परिवर्तनबारे कुनै चासो नदेखाएको र जनताको समस्या नबुझेको आरोप लागेको छ ।  

 

उनी आगलागीले क्षति पुर्याएको क्षेत्रमा आम मानिसहरुलाई भेट्न गएका थिए । तर, उनले त्यहाँ पीडितहरुबाट गाली खाए भने उनलाई स्वागत नभएको भन्दै झपार्ने समेत काम उनीहरुबाट भएको थियो । 

 

उनले हात मिलाउन खोज्दा कसैले पनि हात दिन चाहेनन् । यसले पनि के पुष्टि गर्छ भने अष्ट्रेलियाका प्रधानमन्त्रीले जिम्मेवारी पुर्वक काम नगरेका कारण आम मानिसहरु उनीसँग रुष्ट रहेका छन् । दमकलकर्मीहरुले समेत उनीसँग हात मिलाउन चाहेनन् । स्कट आफैले उनीहरुको हात समाउने प्रयास गरेका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 9 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 20 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 58 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।