कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम
- सोमबार, १७ चैत, २०७६
- 2 years ago
- अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकिएपछि अष्ट्रेलियाका प्रधानमन्त्री सकट मोरिसनले थप कडा नियम लागु गर्ने भएका छन् । प्रधानमन्त्रीका अनुसार अब सार्वजनिक स्थलमा आफन्त र परिवारको सदस्य बाहेक २ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाइने छैन ।
आवश्यक काम बाहेक घर बाहिर ननिस्कनका लागि गरिएको व्यवस्था कायमै रहेको भन्दै प्रधानमन्त्री मोरिसनले आफ्नो वक्तव्यमा शिक्षा, स्वास्थ्य, अत्यावश्यक खरिद बाहेकको अवस्थामा हरेकलाई घरमै बस्न आग्रह गरेका थिए । उनले सार्वजनिक खेल मैदान, घर बाहिरका जीमहरु, स्केट पार्कहरु सबै सोमबारबाट बन्द गर्ने पनि निर्णय गरेका छन् ।
७० वर्षभन्दा माथिको उमेर भएका सबै अष्ट्रेलियनहरुलाई घर बाहिर ननिस्कन भन्दै उनले घरमा पनि सबैबाट टाढा सेल्फ आइसोलेसनमा बस्नुपर्ने भनेका छन् । असाध्यै रोग लागेकाहरुलाई ६० वर्ष माथिकाले यस्तो नियम पालना गर्नुपर्ने भनेका छन् भने यहाँका आदिवासीहरुलाई ५० वर्ष उमेर हद तोकिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
- 9 minutes ago

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
- 25 minutes ago

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन
झापाबाट अवैध सामान बरामद
- 44 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।