अष्ट्रेलियाको क्विन्सल्याण्डमा आजबाट विवाह समारोहमा नाच्न पाइने

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा आजबाट विवाह समारोहमा नाच्न पाइने भएको छ । स्थानीय समयअनुसार आज ४ बजेबाट अधिकतम ४० जना व्यक्ति जम्मा भएर नाचगान पाइने भएको हो ।

 

कोरोनाभाइरसको संक्रमण दर नियन्त्रणमा आएसँगै राज्यले विद्यालयको औपचारिक कार्यक्रम तथा विवाह समारोहमा नाचगान गर्न पाइने व्यवस्था गरेको राज्यकी प्रिमियर अन्नास्टासिया पलास्विकले जानकारी दिएकी छिन् ।

 

राज्यले नियमहरु खुकुलो बनाउँदै कार्यक्रमहरुमा ४० जनासम्म भेला हुन पाउने भनेको छ । यस्तो कार्यक्रम घरैमा पनि गर्न सकिने राज्यको भनाई छ ।

 

क्विन्सल्याण्डमा पछिल्लो २४ घण्टामा जम्मा २ जनामात्रै संक्रमित भेटिएका छन् । दुवै जना विदेशबाट फर्किएका अष्ट्रेलियन नागरिक रहेका छन् । राज्यमा हाल जम्मा ४ जनामात्रै कोरोना संक्रमितहरु रहेका छन् ।

 

क्विन्सल्याण्डले न्यु साउथ वेल्स (एनएसडब्लु)मा पनि संक्रमितको संख्या नियन्त्रणमा आएसँगै नोभेम्बर १ बाट सीमा खोलने भएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

  • 58 seconds ago
धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 32 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

  • 37 minutes ago
धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङवेशी । धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको स्करपियो पृथ्वीराजमार्गस्थित धादिङको सलाङघाटमा दुर्घटना भएको हो ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।