भारतीय राष्ट्रपति अष्ट्रेलियामा
- बिहीबार, ६ मंसिर, २०७५
- 4 years ago
- अष्ट्रेलिया

सिड्नी । भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया आईपुगेका छन् ।
टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।
द्वीपक्षीय यस भ्रमणको क्रममा उनले अष्ट्रेलियामा रहेका भारतीय नागरिकलाई सम्बोधन गर्ने जनाइएको छ । त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कोविन्दको यस भ्रमणको क्रममा भिक्टोरियाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेलर्बन विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् ।
यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रियसभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 2 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 5 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 58 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।