अष्ट्रेलियामा भाइको मृत्युपछि दाइले भनेः मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्
- आइतबार, १५ पुष, २०७५
- 4 years ago
- अष्ट्रेलिया

अष्ट्रेलिया । शोकमा डुबेको निश्चल घिमिरेको परिवारले अष्ट्रेलियामा रहेका समुदायलाई आफ्नो भाइको नाममा सहयोगका लागि पैसा नउठाउन आग्रह गरेका छन् ।
शुक्रबार राति एडेलऐड वेस्ट बीच बोट र्याममा २२ वर्षिय निश्चल घिमिरेको शव फेला परेको थियो । उनको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । परिवार निकट सुजन अधिकारीले दिएको जानकारी अनुसार अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई निश्चलको परिवारले उनको नाममा पैसा संकलन नगर्न आग्रह गरेका हुन् ।
निश्चललाई सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली समुदायले पैसा संकलन गर्न खोजेको खबर पाएपछि घिमिरे परिवारले यस्तो प्रतिक्रिया दिएको हो ।
घनश्याम घिमिरेको प्रतिक्रिया सरोजले सुनाउँदै भने,‘मेरो भाइको मृत्यु भइसकेको छ । त्यो उठाएको पैसाले मैले के गर्ने ? उसका लागि आवश्यक खर्च जुटाउन म सक्षम छु ।’
उनी अष्ट्रेलिया आउने तयारीमा रहेको र आइतबारसम्म अष्ट्रेलिया पुग्ने बताइएको छ ।
अष्ट्रेलियामा विद्यार्थी भिषा गएका उनी होनहार विद्यार्थी रहेको सरोजले बताएका थिए । उनको शव उनी हराएको १७ घण्टापछि प्रहरीले फेला पारेको थियो ।
ग्लेनबीचबाट चार किलोमिटर पर उनको शव फेला पारेको प्रहरीले बताएको थियो ।
उनी हराएको १७ घण्टा पछि प्रहरीले उनको शव फेला पारेको थियो ।
२७ डिसेम्बरको ४ बजेतिर घिमिरेले एक १० वर्षिय अशक्त बालकलाई लिएर समुन्द्रतर्फ गएको बताइएको छ । तर, ती बालकलाई घरमा समयमा नफर्काए पछि उनीहरुको खोजी भएको थियो ।
अष्ट्रेलियामा बस्ने नेपालीहरु कोही दुखद घटनामा परेका छन् भने सहयोग जुटाउन तमतयार रहेका हुन्छन् । सन् २०१४ मा ब्रेन ह्यारेज भएका मिलन तामाङलाई ४० हजार डलर सहयोग जुटाउन नेपाली समुदाय सफल भएको थियो । सन् २०१४ मै रोयल मेलबर्न हस्पिटलमा उपचार गरिरहेकी एक नेपाली विद्यार्थीको लागि २ लाख डलर सहयोग जुटाउन समेत नेपाली समुदाय सफल भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।