अष्ट्रेलियाकोे ‘फ्लूड आर्ट’

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । चित्रकार रुमिना मैनालीलाई चहकिलो रङसँग चित्र कोर्न मन पर्छ । रङसँगै विशेष खालको रसायनको सहायताले चित्र बनाउन पारङ्गत काठमाडौँ निवासी उनले दुई वर्ष अष्ट्रेलिया बसेर ३२ चित्र बनाइन् । फरक विधाको चित्रकलामा रुचि राख्ने उहाँका ती चित्र अहिले काठमाडौँको अरुपण आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएको छ । 

 

रङ्गमा रसायन मिसिएपछि उठ्ने फोकालाई काल्पनिकरूपले चित्रमा उतार्नु सामान्य होइन । त्यही असामान्य खालका अमूर्तकलालाई उनले क्यान्भासमा उतारेकी हुन् । एक्रेलिक रङलाई अन्य रसायनसँग मिसाएर बनाइएका उनका अमूर्त चित्रमा कतै समुन्द्र देखिन्छ भने कतै सुन्दर हरियाली पहाड, कतै खोल्सी त कतै सुन्दर फाँटका गह्राको अनुभूति हुन्छ । अमूर्तभित्र पनि मूर्त तस्वीर चित्रमा झल्किएको पाइन्छ । 

 

“यसमा अमूर्तसँगै केही बिम्व पनि मिसाउन सकिने क्षमता प्रदर्शन गर्न सकिन्छ, केही फरक गरौँ भनेर यस्ता चित्र बनाएकी हुँ ।” रुमिनाले भनिन् । नेपालमा विकसित नभइसकेको चित्रकलामा ‘फ्लूड अब्स्ट्रयाक’ विधा अपनाउनु भएकी उनले ती चित्र बनेपछि आफूलाई फरक–फरक सन्तुष्ठी मिल्ने बताइन् । बुबा रमेश खनालले बनाएको चित्रबाटै प्रेरित भएर आफूले पनि चित्र कोर्न थालेको रुमिनाले बताइन् । चहकिलो रङसँग खेल्न मन पराउने रुमिना रङहरुलाई खुशी र रमाइलोको प्रतीक सम्झिन्छिन् । अष्ट्रेलिया बसाइमा अनलाइन अध्ययनका साथै त्यहाँका सङ्ग्रहालयको अवलोकन र चित्रकारसँगको सम्पर्कमा यस्तो कला सिकेको उनले बताइन् । 

 

‘फ्लूड अब्स्ट्रयाक’ विधाका चित्रका लागि नेपालमा रङ त पाइन्छ तर रसायन नपाइने भएकाले नेपालमा बसेर यसलाई निरन्तरता दिन कठिन छ । अष्ट्रेलियामा आफ्नै पेन्टिङ स्टुडियोमा काम गर्दै आएकी रुमिनाले नेपालको तुलनामा अष्ट्रेलियामा चित्रमा प्रतिस्पर्धा बढी हुने भए पनि बजार राम्रो हुने बताइन् । विगत दुई वर्षको प्रयासमा तयार भएका ३२ चित्र अहिले उक्त ग्यालरीमा प्रदर्शनीका लागि राखिएको छ । 

 

यो उनको तेस्रो चित्रकला प्रदर्शनी हो । सन् २००६ मा ‘इम्प्रेसन एफ्ट पिकासो’ नामको एकल चित्रकला र सन् २०१३ मा ‘क्रियशन’ नामको दोस्रो चित्रकला प्रदर्शनी भएको थियो । सानैदेखि नवीन चित्रकलामा रम्ने रुमिनको चित्र फरक खालको रहेको कला समिक्षकसमेत रहनुभएका उनका बुबा रमेश खनालले बताए । 

 

“क्यानभास एउटा यस्तो ठाउँ हो, जसमा हामी सधैँ नयाँ कला सिर्जना गर्छौं, यस प्रदर्शनीमा मैले फ्लूड रङ्मा अर्मूत शैलीबाट खेलाएको छु, रङ र प्रविधिको सहायताबाट चित्रमा टेक्चर, बबल्सहरु उर्बर भएको देख्नुहुने छ ।” अष्ट्रेलियाबाट स्काइपमा भएको कुराकानीमा रुमिनाले भनिन्, “क्यानभासमा रङहरु जब बग्न थाल्छन् तब कल्पनाहरू सीमा नाघेर बिना कठिनाइ यत्रतत्र आकार खोज्दै दौडिन्छ, अनि मेरा चित्रले आकार ग्रहण गर्छ ।” 

 

उनका चित्रमा कतै नीलो, कतै हरियो, कतै गुलाबी त कतै बैजनी रङको संयोजनमा थरिथरिका अमूर्तचित्र भित्र मौलिकता तिखारिएको पाइन्छ । तरलता, बहाब, लयात्मकपन र गतिशीलपन रुमिनाका चित्रका विशेषता भएको कला समीक्षक यमप्रसाद शर्माले बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 10 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 10 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 10 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।