यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?
- बुधबार, २५ पुष, २०७५
- 4 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ । विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् ।
यही विषयलाई आधार मानेर बिगवायरले एउटा सर्वे रिपोर्ट सार्वजनिक गरेको छ । आउनुहोस् हेरौ विश्वमा अत्याधिक बलात्कार हुने देशहरुको सुची हेरौ
१. दक्षिण अफ्रिका
एक रिपोर्टका अनुसार प्रत्येक वर्ष दक्षिण अफ्रिकामा ५ लाखको हाराहारीमा बलात्कारका घटनाहरु हुने गरेका छन् । रिपोर्टका अनुसार ४० प्रतिशत महिला उनीहरुको जीवनकालमा एकपटक बलात्कृत हुने गरेका छन् । प्रत्येक ९ जनामा एक जना बलात्कृत हुने साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलको अध्ययनले देखाएको छ । दक्षिण अफ्रिका प्रहरीका अनुसार ४१ प्रतिशत बलात्कार घटनामा बालबालिकाहरु पीडित रहेका छन् भने ११ प्रतिशत ११ वर्ष मुनिका पीडित रहेका छन् ।
एक अध्ययनका अनुसार ५० प्रतिशत बालबालिका १८ वर्ष पुवर्त नै यौन शोषणको शिकार हुने गरेका छन् ।
२. स्वीडेन
स्वीडेनमा प्रत्येक चार जना महिलामा एक जना बलात्कारको शिकार हुने गरेको अध्ययनले देखाएको छ । सन् २०१३ को रिपोर्ट अनुसार प्रत्येक १ लाखमा ६३ जना महिला बलात्कार हुने गरेको थियो ।
३. अमेरिका
अध्ययनका अनुसार १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष अमेरिकामा बलात्कृत हुँदै आइरहेका छन् ।
यएसए टुडेले सार्वजनिक गरेको रिपोर्टमा ७९ प्रतिशत बलात्कारका पीडितहरुको उमेर २५ वर्षभन्दा कम उमेरकाको रहेको छ । त्यस्तै ४० प्रतिशत पीडितहरु १८ वर्ष मुनिका रहेका छन् । रेप, एबुज एण्ड इनसेस्ट नेशनल नेटर्वकका अनुसार प्रत्येक १०७ सेकेण्डमा प्रत्येक एक जना यौन शोषणको शिकार हुने गरेका छन् ।
४. युके
एक अध्ययनका अनुसार महिला पुरुष दुवैलाई समावेश गरेर हेर्दा युकेमा ८५ हजार बलात्कारको शिकार भएको देखाएको छ ।
अर्को अध्ययनका अनुसार युकेमा १६ वर्ष कटेपछि प्रत्येक पाँच जना महिलामध्ये एकजना यौन शोषणको शिकार हुने गरेको छ ।
५. भारत
एक अध्ययनका अनुसार प्रत्येक दिन ९३ जना महिलाहरु बलात्कार हुने गरेका छन् । प्रत्येक २० मिनेटमा एक महिला बलात्कार हुने नेशनल क्राइम रेकर्ड बिउरोले रिपोर्ट सार्वजनिक गरेको थियो ।
सन् २०१० यता भारतमा बलात्कारका घटना ७.५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।
६. न्युजील्याण्ड
एक अध्ययनका अनुसार प्रत्येक दुई घण्टामा यौन शोषणको घटना हुने गरेको छ । १६ वर्ष लाग्नुपुर्व प्रत्येक तीन जनामा एक जना एक युवती र प्रत्येक ६ जनामा एक जना केटा यौन शोषणको शिकार हुने गरेका छन् ।
७. क्यानडा
क्यानडामा प्रत्येक वर्ष चार लाख ६० जार यौन शोषणका घटनाहरु हुने गरेको हफपोस्टले जनाएको छ ।
उक्त घटनामा ८३ प्रतिशत ‘डिसेबल महिला’हरु पीडित रहेका छन् । प्रहरीको रिपोर्ट अनुसार १७ प्रतिशत त १६ वर्ष मुनीका बालबालिकाहरु रहेका छन् ।
८. अष्ट्रेलिया
एक अध्ययनका अनुसार अष्ट्रेलियामा प्रत्येक वर्ष एक लाख भन्दा बढी बलात्कारका घटनाहरु हुने गरेहको छ । अष्ट्रेलियन फेडरल प्रहरीका अनुसार ५१, २०० अष्ट्रेलियन १८ वर्षका र सोभन्दा माथि यौन शोषणको शिकार हुने गरेका छन् ।
९. जिम्बाबे
एक अध्ययनका अनुसार जिम्बाबेमा प्रत्येक ९०मिनेटमा एक महिला बलात्कृत हुने गर्छन् । प्रत्येक दिन १६ जना महिला बलात्कार हुने गरेको अध्ययनले देखाएको छ ।
युरोप
युरोपियन युनियन एजेन्सीले देखाएको एक रिपोर्ट अनुसार प्रत्येक तीन महिलामध्ये एक जना यौन शोषणको शिकार हुने गर्छन् । त्यसबाहेक पाँच प्रतिशत बलात्कार हुने गरेको छ । एक सर्वेका अनुसार फिनल्याण्डमा ४७ प्रतिशत महिला र डेनमार्कमा ५२ प्रतिशतहरु यौन शोषणको शिकार हुने गर्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री
- 6 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् ।
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा
- 23 minutes ago
काठमाडौँ। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो। भ्रष्टाचार सम्बन्धी विश्वव
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
- 27 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।