अष्ट्रेलियामा नेपाली रेष्टुराँमा सेफ पाउनै मुस्किल

Global IME
Norvic Hospital

सिड्नी । अष्ट्रेलियामा नेपाली रेष्टुराँ स्थापित हुने क्रममा छ । नेपाली समुदायको जनसंख्या बढेसँगै रेष्टुराँहरुको संख्या पनि बढ्दो छ । तर, व्यवसायी तथा कार्यरत सेफहरुले नेपाली सेफको अभाव रहेको औंल्याएका छन् । 

 

टु टेबलको आयोजनामा क्याम्सीस्थित एडिज् किचेनमा १८ तारिखमा सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा आयोजित छलफल कार्यक्रममा सेफ अभावको गुनासो आएको हो । 

 

कार्यक्रममा वैज्ञानिक तथा अष्ट्रेलियामा पहिलो नेपाली रेस्टुराँका संस्थापक नारायण प्रधानले अष्ट्रेलियामा नेपाली खानालाई व्यवसायिक रुपमा सुरु गर्दाका अनुभव साँट्दै यतीबेला नेपाली सेफल पाउन निकै मुस्किल रहेको बताए । उनले भने, ‘पहिले हामीले नेपाल चिनाउनकै लागि नेपाली रेष्टुराँ स्थापना गरेका थियौं । अब व्यवसायीक रुपमा नयाँ पुस्ताले विस्तार गर्नुपर्छ । त्यतीबेला नेपाली सेफ पाउन निकै मुस्किल थियो । अहिले पनि कतै कतै सुन्छु ।’

 

त्यस्तै कार्यक्रममा गुठी अष्ट्रेलियाका सल्लाहकार तथा पर्यटन अभियान्ता पदम शाक्यले अष्ट्रेलियामा नेपाली रेष्टुराँले स्थापित हुँदा नेपालको फुड टुरिजम प्रवद्र्धन हुने बताए । उनले भने, अष्ट्रेलियामा यतिधेरै नेपालीहरु सेफको पेशामा आवद्ध छौं । एक आपसमा सीप आदानप्रदान गर्दै अघि बढ्नुपर्छ । यसले सीप विकाश तथा नेपालको खाना प्रवद्र्धनमा पनि सहयोग पुग्छ’। 

 

त्यस्तै एडिज किचेनका अमित र अन्जना आचार्यले सेफ अभाव हुँदा व्यवसाय संचालनमा समस्या हुनेगरेको बताए । ‘अष्ट्रेलियामा धेरै नेपालीहरु सेफ पेशामा आवद्ध छन् । तर नेपाली खानाका सेफ नहुँदा व्यवसाय संचालमा निकै अप्ठ्यारो परेको छ ’, उनले भने । 

कार्यक्रममा टु टेबलका सुरज प्रधानले अष्ट्रेलियाबाट रेष्टुराँ व्यवसायमार्फत नेपालको पर्यटन व्यवसाय विस्तार गर्न भूमिका खेल्नसक्ने औंल्याए । 

 

कार्यक्रमका वक्ताहरु कार्यक्रममा सेफहरु हरि लामिछाने, पुरुषोत्तम पाठक, शिशिर कंडेल, अशोक तिमिल्सिना, पुस्कल थकाली लगायतले एक आपसमा सीप विस्तार गरेर नेपाली व्यवसाय विस्तार गरेर अघि बढेनुपर्ने राय राखेका थिए । छलफलले अस्ट्रेलियामा नेपाली सेफलहरु संगठित हुन पनि सुझाव दिएको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 20 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 27 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 1 hour ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।