तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्
- शनिबार, २३ चैत, २०७५
- 3 years ago
- अष्ट्रेलिया

आफूलाई कुनै रोग लागे वा नलागेको शङ्का लागेको खण्डमा सुरुमा रोगका बारेमा इन्टरनेटमा खोजीनीति गरेर मात्र डाक्टरलाई भेट्न जाने गरेको एउटा अध्ययनले देखाएको छ ।
गएको साता मात्र एक महिलाले इन्टरनेटमा आफूलाई भएका कैयौँ समस्याहरु खोजी गर्दा क्यान्सर हुने सम्भावना रहेको पाएपछि डाक्टरलाई भेटेकी थिइन् । सुरुमा उनले आफूलाई देखिएको समस्याका बारेमा उति चासो देखाएकी थिइनन् तर दुखाइको मात्रा बढ्दै जाँदा उनले गुगलमा खोजी गरिन् र अन्ततः डाक्टरले उनलाई क्यान्सर भएको पुष्टी गरिदिए ।
कैयौँ महिनादेखिको दुखाइलाई मध्यनजर गर्दै उनले डाक्टरहरुसको सल्लाहमा औषधि लिन थालेपछि अहिले आफू ढुक्क भएको डाक्टरहरुलाई बताएकी छिन् ।
पछिल्लो समयमा अस्ट्रेलियाली औषधि निर्माताहरुले सर्वसाधारणमा आफ्नो रोगप्रति सचेत हुन अभियान नै सुरु गरेका छन् । “आफ्नो रोगका बारेमा जानकार हुनु नराम्रो कुरा होइन,”, अनुसन्धान कम्पनी एनपीएस मेडिसिनवाइजकी प्रमुख करेन कायी भन्छिन्, “तर आफ्ना रोगका बारेमा जानकार भइसकेपछि चिकित्सकसँग सहकार्य गर्ने, सल्लाह लिने कुरा चाहिँ बिर्सन हुँदैन ।”
इन्टरनेटमा आफ्नो रोगका बारेमा जानकारी हासिल गर्नुलाई हिजोआज ‘साइबरकोन्ड्रिया’ भनिन्छ । तर जानकारी हासिल गरिसकेपछि आफैँ कुनै रोग लागेको निधोमा पुग्नुले चाहिँ मानिसहरुलाई समस्यामा पार्नसक्ने पनि कायी बताउँछिन् । त्यसैले उनको सुझाव छ, “आफैँ निर्णयमा पुगिनहाल्नुस्, चिकित्सकहरुको सल्लाह लिनुहोस् ।”
त्यसो त अधिकांश मानिसहरु आफूले वाहियात प्रश्न पो डाक्टरहरुलाई सोधिरहेको छु कि भनेर औधि सचेत हुने भएकाले कतिपय चाहिँदो प्रश्न पनि सोध्न डराउने गरेका छन् । तर चिकित्सकहरु जहिले पनि समस्या लिएर आउनेहरुको जिज्ञासा शान्त पार्न रुचाउने भएकाले यस्ता समस्यामा खुलेर कुरा गर्नुपर्ने कायीको धारणा छ ।
“कैयौँ अवस्थामा तपाईंले पाउनुभएका सूचनाहरु कतिपय मानिसहरुले आफ्नो औषधि बेच्ने उद्देश्यले राखेका पनि हुनसक्छन्”, उनले भनिन्, “त्यसैले तपाईंहरुले यस्ता कुरामा पनि विचार पु¥याउनु पर्दछ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 3 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 20 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 25 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।