अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? यी शहरहरु अवश्य घुम्नुहोस्

Global IME
Norvic Hospital

विश्वको सबैभन्दा ठुलो आयरल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् ।

 

प्रत्येक वर्ष लाखौको संख्या पर्यटकहरु अष्ट्रृलिया घुम्न जाने गर्छन् । विश्वको प्रमुख पर्यटन सहरको रुपमा परिचीत अष्ट्रेलियाका यी सहरहरुमा आफ्नो मनलाग्दो एडभेनचर गर्ने तथा कला संस्कृति बुझ्न जाने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दो रहेको छ । हरेक सहरको आफ्नै विशेषता रहेको छ ।

 

अष्ट्रेलियामा रहेका रहेका उत्कृष्ट १० ठाउँहरुको विश्वभर उत्तिकै चर्चा हुन्छ । चर्चा पनि कनि नहोस यी स्थानहरु मनोरम दृश्यहरुले भरिएका छन् ।

 

१०. एड्लेड

यो ठाउँ दक्षिण अष्ट्रेलियाको राजधानीका रुपमा परिचीत रहेको छ । यो अष्ट्रेलियाको पाँचौ ठुलो सहर हो । १.२ मिलियन जनसंख्या रहेको एड्लेडको आफ्नै गुणहरु रहेका छन् । दक्षिण अष्ट्रेलियामा रहेका तीन भागभन्दा बढी मानिसहरु एडेले मेट्रोपोलिटन क्षेत्रमा बस्ने गर्छन् । यो सहरलाई अष्ट्रेलियाको प्रख्यात वाइन क्षेत्रहरुले घरेको छ । एडले हिल्स र गल्फ सेन्ट भिन्सेटको बिचमा समथर भाग रहेको छ । ऐतिहासिक रुपमा हेर्ने हो भने यस ठाउँलाई सिटी अफ चर्चेज पनि भनिन्नछ । यस सहरमा रहेका भित्री कलाहरु उपनिवेश बेलाका रहेका छन् ।

 

९. डार्विन

उत्तरी भुभागलाई अगालेको डार्विन विश्वकै मुख्य सहरहरुमध्येको एक हो । हिन्द सागरलाई छोएका कारण अरु राष्ट्रहरुसँग नजिकको सम्बन्ध बनाएको छ यो सहरले । आवतजावतका लागि यो सहर केन्द्र हो । दोस्रो विश्वयुद्धमा नराम्रोसँग विनाशको शिकार भएको यो सहरले आफुलाई पुनजिवित गराएका थियो । आत्मा कहिल्यै पनि मर्दैन भन्दै डार्विन सहरले आफ्नो निर्माण थालेको थियो ।

 

आज ७५,००० हजारभन्दा बढी मानिसहरुको बिदा मनाउने ठाउँ बनेको छ यो डार्विन ।

 

८. होवर्ट

होवर्ट अष्ट्रेलियन आयरल्याण्ड तास्मानियाको राजधानी सहर हो । सिड्नी पछि अष्ट्रेलियाको सबैभन्दा पुरानो सहर हो होवर्ट । यहाँको जनसङ्ख्या २,५०,००० रहेको छ । अन्य सहरहरुको तुलनामा यो सहर निकै सानो मानिन्छ । सानो स्टेटको झल्को दिने खालको रुपमा होवर्ट रहेको छ । यहाँको कलाको कुरा गर्ने हो भने जर्जिन र भिक्टोरिन कलाले होवर्ट सजिएको छ । उदाहरणको रुपमा सलामन्का ठाँउलाई लिन सकिन्छ । यसको वेरहाउसमा टेरेस रहेको छ सन् १८३० को वेलिङ दिनहरुलाई यसले ताजा गराउने काम गर्छ ।

 

मौसमको कुरा गर्नु पर्दा मिल्ड टेम्परेट ओसनिक क्लाइमेट रहेको छ । त्यो पनि भिन्न चार सिजनमा ।

 

७. ब्रिसबेन

ब्रिसबेन क्विन्सल्याण्डको राजधानी सहर हो । यहाँको जनसंख्या २ मिलियन रहेको छ । अष्ट्रेलियाको सिड्नी र मेलवर्न पछि तेस्रो ठुलो सहरको रुपमा यो परिचीत रहेको छ । यो सहरको मुख्य विशेषता भनेको न्यानो मौसम, मनमोहक दृश्यहरु र रमाइला स्थानिय मानिसहरु नै हुन् । वार्षिक लाखौको संख्यामा आउने अन्तराष्ट्रिय पर्यटकका कारण यस सहरको विकास अत्यन्त तिब्र रुपमा भएको देखिन्छ ।

 

६. पर्थ

अष्ट्रेलियाको दक्षिणपश्चिम कोस्टलाइनमा अवस्थित रहेको छ यो सहर । पर्थ अष्ट्रेलियाको चौथो ठुलो सहरको रुपमा परिचीत रहेको छ । यो पश्चिम अष्ट्रेलिया राजधानी हो । अन्य मुख्य सहर देखि एक्लिएको छ यो पर्थ । पर्थ विकासको आफ्नो विशेष विशेषता रहेको छ । यो ठाउँ निकै परानो जस्तो देखिन्छ तर यहाँको मौसम अत्यन्त मनोरम रहेको छ । युवाहरुले भरिएको वातावरण महसुस गराउँछ यो सहरले । यो सहरको जनसंख्या करिब २ मिलियनभन्दा बढी रहेको छ ।

 

५. मेलवर्न

भिक्टोरिया स्टेटको राजधानी हो मेलवर्न । अष्ट्रेलियाको दोस्रो ठुलो सहरको रुपमा परिचीत छ मेनवर्न सहर । अष्ट्रेलियाको दक्षिणपुर्वी टिपमा यो सहर अवस्थित रहेको छ । मेलवर्नलाई राष्ट्रकै सास्कृतिक राजधानीको रुपमा चिनिने गरिन्छ । हरेक कुरा निकै योजनाका साथ निर्माण गरिएका छन् यस सहरमा । सपिङ मल, फाइन रेष्टुरेन्ट तथा स्पोर्ट भेनुहरु योजना तथा आकर्षकका साथ निर्माण गरिएका छन् । राम्रो जीवन अनुशरण गर्नेहरुका लागि मेलवर्न घुम्ने एउटा राम्रो डेस्टिनेशनको रुपमा लिइन्छ ।

 

४. काइरन्स

बिदा मनाउनका लागि एकदमै चर्चीत ठाउँको रुपमा परिचीत रहेको छ काइअन्स । उत्तरपश्चिम क्षेत्रमा रहेको यो सहर अष्ट्रेलियाको स्टालिस सहरमा परिचीत रहेको छ । यो सहरको जनसंख्या करिब १,५०,००० रहेको छ । वाइल्डलाइफ डाइभरसिटी तथा एडभेन्चर ट्राभल गर्नका लागि यो सहर निकै प्रख्यात रहेको छ ।

 

३. अलाइस स्प्रिंङ्स

 

अष्ट्रेलियाको मुटुमा रहेको छ यो सहर । अष्ट्रेलियाको मुख्य सहर देखि १५०० किलोमिटर पर रहेको यो सहर अथा मनोरम दृश्यहरुले भरिएको छ । आदीबासी मानिसहरु तथा अनुशरण गर्ने खालका मानिसहरु यस स्थानमा बस्दै आइरहेका छन् । यो घुम्न आउने मानिसहरुका लागि मनोरम दृश्यहरुले भरिएको केन्द्रको सहरको रुपमा परिचीत सहर हो ।

 

सन् १९० को दशमा जब पर्यटकहरुको आगमन यस ठाउँमा हुन थाल्यो, यदी तथ्याङ हेर्ने हो भने २००० भन्दा बढी मानिसहरु यस ठाउँ घुम्न आउने गर्छन् ।

 

२. ग्रेट व्यारिअर रेफ

 

अण्डर वाटर एक्सपोलर र स्कुभा डाइभर्सका लागि यो सहर टप डेस्टिनेशनमा गनिन्नछ । यो विश्वको सबैभन्दा ठुलो व्यारिअर रेफ सिस्टम भएको ठाउँ हो । अष्ट्रेलियाका क्विन्सल्याण्ड स्टेटमा यो सहर पर्छ । यस ठाउँ २९०० भन्दा धेरै कोरल रिफ्सहरु रहेका छन् । त्यस्तै सयौको संख्यामा आयल्याण्ड र केअज पनि रहेका छन् । मिलियन वर्षहरु लागेर बनेका यी रिफहरु अब विश्वकै सबैभन्दा धेरै डाइभर्स इकोसिस्टम भएको छ तथा अष्ट्रेलियाको सबैभन्दा राम्रो स्थानको रुपमा यो ठाउँ परिचीत रहेको छ ।

 

१. सिड्नी

अष्ट्रेलियाको दक्षिणी उत्तर कोस्टमा सिड्नी अवस्थित रहेको छ । न्यु साउथ वेल्सको राजधानी हो सिड्नी सहर । मोर्डन सहरको रुपमा परिचित यो सहरको पुरानो र लामो इतिहास रहेको छ । सिड्नीलाई सिनिक हार्वरको रुपमा समेत परिभाषित गर्ने गरिन्छ । हार्वर किनारमा यहाँका आदीबासीहरु बस्दै आइरहेको र उनीहरु नै पहिलो यहाँ बासिन्दा भएको मानिन्नछ । आज अष्ट्रेलियाको सिड्नीसहर विश्वकै चर्चीत सहरमध्येको एक हो । सन् १७८० को दशक पछि यसको विकास हुन थालेको बताइन्छ । सिड्नी हार्बर ब्रिज तथा सिड्नी ओपेरा हाउसले ती पुराना कुराहरुलाई याद दिलाउने गरेको बताइन्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 25 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।