एनआरएन अष्ट्रेलियाको चुनावका लागि समूह घोषणा, यस्तो छ नेतृत्व

Global IME
Norvic Hospital

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालका लागि जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नले केशव कँडेल नेतृत्वको टिम सार्वजनिक गरेको छ । 

 

मेलबर्नको कोबर्गस्थित भिजिनी क्लबमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका लागि प्रस्तावित वर्तमान उपाध्यक्ष केशव कँडेलले एनआरएनलाई रुपान्तरण गर्ने एकमात्र आफ्नो एजेन्डा भएको बताए ।

 

उनले व्यवहारिक रुपमा, सैद्धान्तिक रुपमा र कानूनी रुपमा पनि एनआरएन अष्ट्रेलियालाई रुपान्तरण गर्न आवश्यक भएको धारणा राखे । उनले भने, “चार वटा मुख्य प्रतिबद्धता मेरो छ, ट्रान्सफर्मेसन, ट्रान्सफर्मेसन, ट्रान्सफर्मेसन र ट्रान्सफर्मेसन” । 

 

साझा एनआरएन सबल एनआरएनको नारासहित घोषणा गरिएको टिमको महासचिवमा डा। ज्ञानेन्द्र रेग्मीलाई अघि सारिएको छ । यस्तै सचिवमा नर्दन टेरेटरीका परेश घिमिरे, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा एर्साद अहमदले आगामी कार्यकालको लागि आफुलाई उभ्याएका छन् । कोषाध्यक्ष पदका उम्मेद्वार अनिल पोखरेलले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण सार्वजनिक गर्ने एजेन्डा प्रस्तुत गरे । यस्तै महासचिव पदका उम्मेद्वार डा। ज्ञानेन्द्र रेग्मीले बहृद समूदायलाई समेट्ने गरी अघि बढ्ने भन्दै चुनाव जितेर आएको अवस्थामा नेपाल अष्ट्रेलिया पोलिसी ईन्ष्टिच्युट बनाउने पनि बताए ।

 

कार्यक्रममा नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफका वर्तमान अध्यक्ष विवेक थापाको संयोजकत्वमा बनेको छनोट समितिले यो टिम अघि ल्याएको जानकारी दिइएको थियो । केशव कँडेल नेतृत्वको चुनावी टिमले आईसीसी सदस्यमा अरुणकुमार ठाकुर, दिपक शर्मा, राजु अधिकारी, सूर्य आचार्य, सन्तोष कुँवर, नारायण काफ्ले र छवि सापकोटालाई उम्मेद्वार बनाउने पनि सार्वजनिक गरेको छ ।

 

यस्तै विभिन्न राज्यहरुमा समेत टिम बन्ने क्रम सुरु भइसकेको र आगामी जुन ८ तारिखभित्रै निर्वाचन कार्यतालिका अनुरुप उम्मेदवारी दिने तयारी भएको छ । केशव कँडेल नेतृत्वको यो टिमले न्यूसाउथवेल्सको संयोजक पदमा डिला खरेललाई उठाउने भएका छन् भने भिक्टोरियामा प्रेम कँडेलले उम्मेद्वारी दिने बताइएको छ । 

 

कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष सुरेश पोखरेलले गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, आईसीसी सदस्य दिनेश जोशी, पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, पूर्व ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल लगायत जनसम्पर्क समितिका विभिन्न राज्यका प्रतिनिधिहरुको उपस्थिति थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 34 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।