अष्ट्रेलियन सरकारद्वारा काठमाडौँमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

अष्ट्रेलिया । अस्ट्रेलियन सरकारले एक सुचना जारी गर्दै नेपालमा हिंसात्मक घटना भएका कारण नेपालमा भ्रमणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
विप्लव समुहले नेपाल बन्दको आव्हन गरेसँगै जेठ १२ गते भएको बम बिस्फोटमा परी काठमाडौँमा चार जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको हो । नेपाल भ्रमणमा रहँदा विशेष रुपमा समेत रहन समेत आग्रह गरिएको छ ।
विभागले आफ्नो स्मार्ट ट्राभलर वेबसाइटमा लेखेको छ,'अष्ट्रेलियन नागरिकहरुलाई काठमाडौं घुम्ने क्रममा उच्च सतर्कता अपनाउन सुचित गरिएकाे छ।'
जेठ १३ गतेका दिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दकाे आह्वान गरेको थियो ।
अष्ट्रेलियन सरकारले जारी गरेको सुचनामा भनिएको छ,‘ यदी तपाई काठमाडौँमा हुनुहुन्छ भने सचेत रहनुहोस् । आन्दोलन, विरोध तथा हुलमुलबाट टाढै रहनुहोस् । सानो कारणले पनि हिंसात्मक घटना घट्न सक्छ ।’

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 41 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।