अस्ट्रेलिया आइपुग्यो ‘द ब्रेकअप’ टिम

Global IME
Norvic Hospital

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा नेपाली चलचित्रको सुटिङ हुनेक्रम निकै बढेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै २ वटा नेपाली चलचित्रको अधिकांश भाग अस्ट्रेलियामै छायांकन भयो ।

 

हरर विधामा बनेको चलचित्र सुनकेशरी त पूर्ण रुपमा अस्ट्रेलियामानै छायांकन गरियो । यसैक्रममा चलचित्र छायांकनकै लागि भनेर निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकको जम्बो टोली यतिबेला अस्ट्रेलिया छिरेको छ ।  

 

रोहित अधिकारी फिल्म्स र ह्याप्पी प्लानेट फिल्मस्को ब्यानरमा बन्न लागेको लभ स्टोरी फिल्म सुटिङका लागि अस्ट्रेलिया छिरेको हो । 

 

छायाँकनका लागि अस्ट्रेलिया नै किन भन्ने प्रश्नमा नेपालीपत्रसँग निर्माता रोहित अधिकारीले भने, ‘चलचित्रको कथाले नै अस्ट्रेलिया मागेकाले  अस्ट्रेलिया आउनुपरेको हो । चलचित्रमा नायक प्याराग्लाइडिङ पाइलट तथा केटी होटलको सेफका रुपमा चित्रित गरिएको छ । बाँकी कुराका लागि भने चलचित्रलाई नै पर्खनुपर्ने हुन्छ ।’

 

 ५० प्रतिशत सिन अस्ट्रेलियामा छायाँकन हुने चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् भने चलचित्रमा अस्ट्रेलियाको चलचित्र उद्योगमा कार्यरत प्राविधिकहरुले पनि काम गर्नेछन् । चलचित्रमा आशिरमान देशराज जोशी, सिल्पा मास्के, इच्छा कार्की, रमनदास श्रेष्ठ, सरोज खनाल लगायतको मुख्य भुमिका रहनेछ । 

 

२२ दिनको छायाँकन तालिका लिएर अस्ट्रेलिया आएको टोली गोल्डकोष्ट, ब्लु माउण्टेन लगायतका विभिन्न पर्यटकीय स्थानहरुमा छायाँकनका लागि जानेछ ।  करिब ३ करोड लगानीमा बन्न लागेको चलचित्रलाई अधिकारी सहित दिपक खतिवडा, रुपक थापा, रेणु राणाले निर्माण गर्न लागेका हुन् । 

 

छायाँकार नरेन्द्र मैनालीले खिच्ने चलचित्रमा अस्ट्रेलियाबाट सविन ज्ञवालीले लाइन प्रोड्युसिङको गर्दैछन् । अधिकारीले यसअघि चलचित्र गाजलु निर्माण गरेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • 4 hours ago
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

  • 4 hours ago
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

  • 4 hours ago
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।