अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीले दिए प्रधानमन्त्री मोरिसनलाई यस्तो प्रतिक्रिया
- शनिबार, २२ चैत, २०७६
- 2 years ago
- अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियामा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीका विषयमा प्रधानमन्त्री स्कट मोरिसनको भनाईले उनीहरु असन्तुष्ट देखिएका छन् । काउन्सिल अफ ईन्टरनेशनल स्टुडेन्टस ईन अष्ट्रेलिया सीसाले एक विज्ञप्ति जारी गर्दै विश्वका धेरै देशमा कोरोनाको कारण लकडाउन भइरहको सन्दर्भमा उनीहरुलाई घर फिर्ता जान भन्नु सही नहुने जनाएको हो । विज्ञप्तिमा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको योगदानलाई भुलिनु उचित नभएको लेखिएको छ ।
यसैबीच, नर्दन टेरेटोरीका मुख्यमन्त्री माईकल गनरले अहिलेको अवस्थामा विद्यार्थीहरु चेपुवामा परेको बताएका छन् । उनले भने, “उनीहरु अष्ट्रेलियन सरकारले प्रदान गर्ने राहतमा पनि पर्दैन । उनीहरु अहिले तत्कालै काम पनि पाउन सक्दैनन । अनि, उनीहरु न त घर नै जान सक्छन् । किनकि, सबै विमानहरु रोकिएका छन् । त्यस्तै विद्यार्थीका अभिभावकहरु पनि कोरोनाकै कारण आर्थिक संकटबाट गुज्रिएका हुनसक्छन् ।”
यसैबीच, चाल्र्स डार्विन युनिभर्सिटीले कोभिड १९ स्टुडेन्ट असिस्टेन्ट ग्रान्ट कार्यक्रम घोषणा गरेको छ । जस अन्तर्गत आन्तरिक र अन्तर्राष्ट्रिय विद्यार्थीहरुले यो कठीन घडीमा २ हजार डलरसम्मको अनुदान पाउनेछन् । विश्वविद्यालयका उपकूलपति सिमोन म्याडोक्सले हालै कोरोनाका कारण काम गुमाउने १० लाखमध्ये आन्तरिक विद्यार्थीहरु समेत रहेको बताए । उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पनि आफ्नो पार्टटाईम र क्याजुल काम गुमाएको प्रतिक्रिया दिए । चाल्र्स डार्विन युनिभर्सिटीले ईमर्जेन्सी स्टुडेन्ट अपील कोष निर्माण गर्दै त्यसमा सीडीयू फाउन्डेसनको तर्फबाट २ लाख जम्मा गर्ने निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट अवैध सामान बरामद
- 13 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 25 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 25 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।