अष्ट्रेलियामा कस्तो अवस्थामा हुनुहुन्छ, एकपटक नेपाली दुताबासलाई जानकारी दिनुहोस्
- आइतबार, २३ चैत, २०७६
- 2 years ago
- अष्ट्रेलिया

सिड्नी । कोरोना भाईरसका कारण स्थिति जटिल बन्दै जाँदा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई आफ्नो हालको अवस्थाबारेमा नेपाली दूतावासमार्फत सरकारलाई जानकारी दिन आग्रह गरिएको छ ।
नेपाली दूतावास क्यानबेराले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी लगायत ओसेनिया क्षेत्रमा रहेका विद्यार्थीहरुलाई हालको अवस्थामा आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्दै तत्कालै ईमर्जेन्सी रजिष्ट्रेसन फर्म भर्न अनुरोध गरेको छ ।
उक्त फर्ममा आफ्नो सम्पूर्ण विवरण, नेपालमा अभिभावकको विवरण, पढ्न आउँदा सहजकर्ताको भूमिका निर्वाह गरेको एजुकेशन कन्सल्टेन्सीको विवरण, यहाँ पढ्ने शैक्षिक संस्थाको विवरण समेत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
अष्ट्रेलियामा ५ हजार ६ सय ३५ जनामा कोरोना पोजिटिभ देखिएको छ । यस भाइरसको कारणले अष्ट्रेलियामा ३४ जनाको ज्यान गएको छ भने थप ९५ जनामा नयाँ संक्रमण देखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 2 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 14 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 30 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।