गृहपृष्ठ ∕
नेपाल ∕
माइतीघरमा एक युवकद्वारा नागरिकता चाहियो भन्दै आत्मदाहको प्रयास माइतीघरमा एक युवकद्वारा नागरिकता चाहियो भन्दै आत्मदाहको प्रयास
काठमाडौँ। माइतीघर मण्डलामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। सो युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।
उनले आफूमाथि मट्टितेल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ।
नागरिकता विधेयकको पक्षमा अन्सनरत संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले उपाध्यक्षसमेत रहेका निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो। त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ।
आत्मदाहको प्रयास गर्नेमा नागरिकता नपाएका निरज मोरङ कटारी युवा हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो