अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन
- बिहीबार, २७ चैत, २०७६
- 2 years ago
- अष्ट्रेलिया

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।
अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी अध्यक्ष कोइरालाले भनेकी छन्, “कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥र्यो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सक्दो सहयोग गर्नुहोला ।”
फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओसियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
- 15 seconds ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 17 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 29 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।