अष्ट्रेलियाका यी राज्यमन्त्रीलाई जब एक हजार डलर जरिवाना लगाइयो....
- शनिबार, २९ चैत, २०७६
- 2 years ago
- अष्ट्रेलिया

सिड्नी । लकडाउनका समयमा भ्रमण गरेको अभियोगमा एक हजार डलर जरिवाना गरिएका अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका कलामन्त्री डन हार्विनले राजीनामा दिएका छन् ।
उनी सेन्ट्रल कोष्टको होलिडे होममा पुगेको फोटो सार्वजनिक भएपछि आलोचना भएको थियो । न्यूसाउथवेल्सका प्रहरी कमिश्नर मिक फुलरले कानूनभन्दा कोही पनि माथि नभएको भन्दै मन्त्री हार्विनलाई सार्वजनिक स्वास्थ्य आदेश उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको बताएका छन् । सार्वजनिक आलोचना भएपछि एक वक्तव्य जारी गर्दै मन्त्री हार्विनले दुःख व्यक्त गरेका थिए ।
उनले वक्तव्यमा आफुले न्यूसाउथवेल्सको प्रिमियरलाई राजीनामा बुझाएको बताएका छन् । उनले राजीनामा पत्रमा यतिबेला कोरोनाको नियन्त्रणबाहेक अन्य कुनैपनि कुरा महत्वपूर्ण नभएको भन्दै आफ्नो विषयमा प्रश्न उठेपछि राजीनामा गरेको स्पष्ट पारे ।
उनले आफुले कुनै गल्ती नगरेको र सार्वजनिक स्वास्थ्य आदेशलाई पूर्ण पालना गरेको जिकिर समेत गरेका छन् । न्यूसाउथवेल्सकी प्रिमियर ग्लाडेस ब्रिजिकालिनले हार्विनलाई राजीनामा दिन सुझाएकी थिइन् ।
एक वक्तव्य जारी गर्दै आम सर्वसाधारणले जुन समझदारीका साथ कोरोना नियन्त्रणको अभियानलाई साथ दिएका छन् त्यसको प्रशंसा गरेकी छिन् । यसैबीच, न्यूसाउथवेल्सका छायाँ अर्थमन्त्री वाल्ट सेकर्डले प्रिमियरले कलामन्त्रीको राजीनामा स्वीकृत गर्नुपर्ने सुझाव दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- 5 minutes ago

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- 11 minutes ago

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । दिल्ली पुलिसका अनुसार आरोपीको मानसिक अवस्था ठीक छैन।
अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त
- 12 minutes ago

काठमाडौँ। पूर्वराजदूत अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सञ्चार
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।