अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो
- शुक्रबार, १९ भदौ, २०७७
- 4 months ago
- अष्ट्रेलिया
- विचित्र विश्व

सिड्नी । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् ।
क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो, उहाँले भने ।
तीन वर्षअघि पनि यसै क्षेत्रमा १५।५ फिटको ठूलो गोही फेला परेको थियो ।
अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ ।
पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित
- 6 minutes ago

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो
- 12 minutes ago

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।
थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ
- 22 minutes ago

काठमाडौँ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।