अष्ट्रेलियाः विद्यार्थी भिषा सजिलो, पीआर पाउन गाह्रो !
- संजिव पाण्डे
- शुक्रबार, १२ असोज, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

अष्ट्रेलियाः विगत केही वर्षयताको तथ्यांक हेर्ने हो भने दुईवटा स्पष्ट ‘ट्रेण्ड’ देखिन्छन्ः
पहिलो, अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बेस्सरी बढ्दैछ । दोस्रो, पीआरको कोटा निरन्तर बढ्दोछ ।
विशेष गरी अष्ट्रेलियामा आएका विद्यार्थीहरू जो भविष्यमा पीआर लिने आशा राख्दछन्, उनीहरूले यो ‘ट्रेण्ड’ लाई राम्ररी बुझ्नु र तदनुरूप आफूलाई अझ सक्षम बनाउनु जरूरी छ ।
विद्यार्थी भिषा पाउन किन सजिलो छ ?
अष्ट्रेलियाको आम्दानीको प्रमुख स्रोतमध्ये अन्तरराष्ट्रिय विद्यार्थीबाट भित्रने डलर पनि पर्दछ । एक अध्ययनअनुसार विदेशी विद्यार्थी भित्राएर गत वर्षमात्र अष्ट्रेलियाले ३२ अर्ब डलरभन्दा बढीको आम्दानी गर्यो । सरकार यो आम्दानीलाई अझ बढाउन चाहन्छ । यसको लागि अझ धेरै विदेशी विद्यार्थी भित्राउने उसको नीति छ । चाँडै नै अष्ट्रेलियामा १० लाख भन्दा बढी विदेशी विद्यार्थी पुग्ने निश्चित छ ।
अनि पीआर नि?
स्थायी रूपमा भने थोरै विदेशीलाई मात्र राख्ने योजना सरकारको छ । गत आर्थिक वर्षमा १,९०,००० जनालाई पीआर दिनको लागि कोटा छुुट्ट्याएकोमा सरकारले १,६३,००० जनालाई मात्र पीआर दियो । अर्थात्, दिन्छु भनेको जति संख्याबाट पनि अझै घटायो । पीआरको कोटा अझ घटाउनुपर्ने भन्ने पक्षमा आवाजहरू बझ्न थालेको देखिन्छ । धेरै राजनीतिज्ञहरूसमेत यसमा सहमत देखिन्छन् । त्यसैले पीआरको कोटा आगामी दिनमा अझै घट्ने देखिन्छ ।
किन यसो हुँदैछ?
विदेशी विद्यार्थी आएर केही वर्ष बसून्, पढुन्, खर्च गरून्, आफ्नो देश फर्कून्, र पुनः नयाँँ विद्यार्थीहरू आऊन् भन्ने सरकारी नीति देखिन्छ । तीमध्येका अति उत्कृष्ट वा रोजगारदाताले पत्याएको दक्ष व्यक्तिलाई मात्र स्थायी रूपमा यहाँँ राख्ने र बाँकीलाई फर्काउने सरकारी योजना देखिन्छ । यसो गर्दा आम्दानी पनि बढ्ने र जनसंख्याको भार पनि नबढ्ने सरकारको बुझाइ देखिन्छ ।
पीआर लिन मन छ, के गरुँ?
पीआर लिन चाहना राखेर मात्र हुँदैन, त्यही अनुसारको योजना बनाउनु पर्दछ । त्यही अनुसारको मेहनत पनि गर्नुपर्दछ । पीआर चाहनेहरूले विशेष गरी निम्न विषयहरूमा ध्यान दिनु जरूरी छः
–अष्ट्रेलियामा कुन(कुन विषय पढ्ने जनशक्तिको खाँचो छ, त्यसको बारेमा अनुसन्धान गर्ने
–अंग्रेजी भाषा सुधार गर्ने
–रोजगारीको लागि आवश्यक सीपहरू सिक्ने
–रोजगारदाताहरूसँग राम्रो सम्बन्ध कायम गर्ने
–रिजनल एरियामा बसेर पढेकाहरूले प्राथमिकता पाउने हुनाले त्यस बारेमा पनि सोच्ने ।
यी साधारण सल्लाहमात्र हुन् । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पीआर नै सबै थोक होइन । पीआर पाउनकै लागि भनेर आफूलाई मन पर्ने विषय पढ्न छाड्ने वा कुनै लगाव नै नभएको विषय पढ्न जानु पनि उचित होइन।
अष्ट्रेलियामा बसुञ्जेलको समयलाई सदुपयोग गरेर पढाइमा उत्कृष्टता हासिल गर्न सकियो भने, अंग्रेजी सुधार्न सकियो भने र सीपहरूमा दक्षता हासिल गर्न सकियो भने पीआर पाइएन नै भने पनि केही फरक पर्दैन । त्यस्तो व्यक्ति संसारको जुनसुकै कुनामा गए पनि सफल हुनसक्छ ।
यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन् । कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टार्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ ।
लेखक रजिष्टार्ड माइग्रेशन
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 19 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 32 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 51 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।