जनसम्पर्क समिति अस्ट्रेलियाको अधिवेशन सम्पन्न
- अर्जुन न्यौपाने
- बुधबार, ११ फागुन, २०७८
- 5 months ago
- अष्ट्रेलिया

सिड्नी । नेपाली काँग्रेसको अस्ट्रेलियामा अवस्थित भातृ संस्था जनसम्पर्क समिती अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेश गुरुङ सभापति रहेको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपसभापतिमा राजेश केसी र मनिषा अर्याल चयन भएका छन । त्यस्तै महामन्त्रीमा रोहित खड्का र समित केसी, राज्य संयोजकहरुमा सीतल गीरी ९न्यु साउथवेल्स० ललीत मल्ल (एसीटी) समिर खतिवडा,टेकनाथ सापकोटा,दिनेश अधिकारी तथा दिलीप खतिवडा चयन भएका छन ।
नवगठित समितिको सह महामन्त्रीमा अचुत धमला र भुपेन्द्र कडेंल, केन्द्रिय सदस्यहरुमा रुपराज मैनाली,बसन्त राज भट्ट, विकास कुमार झा, बिशाल पोखरेल, दिपक नेपाल, दिप्सन सापकोटा,क्षीतीज कार्की, मदन धौराली, मन्दीप केसी, निरज गुरुङ, रमेश छत्कुली, सीजन गीरी, श्याम गीरी तारा डांगी थान प्रसाद सुबेदी लगायत रहेका छन् ।
कार्यक्रममा बोल्दै एनआरएनका पुर्व अध्यक्ष गणेश केसीले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै लामो समय देखिको विवाद समाधान हुने बताए । जनसम्पकै समितीका संस्थापक दिनेशराज जोशीले अधिवेशनले अस्ट्रेलियामा रहेका काँग्रेसीजनहरुमा गुट उपगुटको भावना अन्त्य गरी एकतावद्ध हुने सन्देश दिएको बताए ।
एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष अनिल पोखरेलले समितिसगं एनआरएनएले सहकार्य गरेर अगाडी बढ्ने धारणा व्यक्त गरे । कार्यक्रममा सामाजिक अभियन्ता तथा निर्वाचन समितीका सदस्य प्रेम सापकोटाले नवनिर्वाचित समितिलाई गुट उपगुट भन्दा पनि समाजको सिद्धान्त र धारणालाई आत्मसाथ गरेर अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा एनआरएनका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी ,सामाजिक अभियन्ताहरु सन्जिव शर्मा , टीएन अर्याल ,सुप्रीम गौतम, ग्रानभिल राइनोजका अध्यक्ष भिम बस्नेत लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा निर्वाचन समितीका संयोजक राज कुमार अधिकारीले निर्वाचन सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद प्रदान गरे । कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्ण गीरीले नव निर्वाचित अध्यक्ष सुरेश गुरुङलाई पदभार हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 9 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 9 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।