अवशेष !

Norvic Hospital

यादको प्रतिबिम्ब नै अवशेषका सुचक हुन् । सत्यताको कसीमा नापिने अवशेष जीवनका एकमात्र अंश हुन् । जुन नचाहेर पनि पल पलमा आत्मिकतामा जमेको हुन्छ । केही पलका लागी कसै सँग गरिने दोहोरो सम्वादका वीचमा यसको अस्तित्व विहिन देखिएता पनि यो कहिल्यै विलिन हुँदैन  । यहि सत्यताका बीचमा जीवनका उतारचढावहरु भईरहनेछन् । 

 

देखिने, भोगिने र जिउनका लागी गरिने कोशिसाहरु सजिवताका लागी पर्याय वनेता पनि ह्दयको त्यो समागम भने यथार्थ नै हुन्छ । यथार्थता लुकाउने प्रयत्न एउटा भएता पनि त्यो फगत मिथ्या मात्र हो । चेतनाको प्रतिष्पर्धामा अव्वल देखाउने खोज्ने प्रयासहरु अन्तत व्यक्ति केन्द्रित भएर स्वखलित हुने गर्दछन् । भोगाईको जीवनमा जीवनको उत्तराद्र्धमा गएर पछुताउने शिवाय अन्य केही नहुने रहेछ । यहि एकमात्र सत्यतालाई आत्मासात गर्न नसकी रमिने र रम्ने प्रतिष्पर्धामा पलहरु बितिरहे । ऐनामा वाहिरी सुन्दरता नियाल्ने अथक प्रयास भन्दा वाहिर गएर सोच्ने हिम्मत गर्न सकेन । केही भिन्नका वीचमा गरिएको प्रयास पृथक वन्न सकेन । सधै देखिने र भोगिने प्राकृतिक अनुपमतालाई समेत आत्मासात गर्न नसक्दा वाल्यकालमा देखिएका अनेकन सपनाहरु समुन्द्रमा गएर विलिन हुन पुगे । 

 

सम्पन्नता र वलियोको त्यो सोचलाई प्रकृतिको सानो हावाले धुलिसात बनाईदियो । त्यहि हिजोको मिठो प्रकृति आज पर्खाल वनेर उभिदियो । लाग्दथ्यो, सवै मेरा सहयोगी हुन्, त्यो त केबल सोचको वन्धक मात्र रहेछ । हिजो चंचल लाग्ने मौसमले आज गिज्जाईदियो । लाग्दथ्यो, त्यहि मधुर आवाजले जीवन सदैव संगिन हुनेछ । यथार्थतालाई लुकाउने प्रयत्न निश्चित समयका लागीमात्र मिठास हुने रहेछ । समयको वन्धक हुनेछ भन्नेलाई बुझन नसक्दा हुने चेतनाको पीडामा सह्य हुन सम्भव नहुने रहेछ । अवशेष सबैमा निहितार्थ हुन्छ, यहि वीचमा यसको प्रभाब व्यक्तिको चेतनावाहेक पनि सजिवतामा प्रकट हुने रहेछ, मात्रा मात्र फरक हुने रहेछ । 

 

सोचको विविधतामा अव विस्तारै बिर्को लागेको  छ । विगतका अवशेषले वलियो हैन, कमजोर वनाउदै लगेको छ । कर्म भन्दा भाग्य र सहजतामा मात्र जीवन देख्न रुचाईएको जीवनमा विस्तारै भाग्यलाई दोष दिएर भाग्ने अनवरत प्रयास हुदैछ । यद्यापी यो प्रयासका वीचमा पनि अवशेषले भने सोधिरहेको छ । अणु, परमाणु वस्तुमा रहेजस्तै अवशेष जीविततामा रहने रहेछ । यहि अवशेषको महशुश जव कमजोरको महशुश हुन्छ, उमेर  र सोच वन्धक वन्दछ, अनि यसको महत्वले प्रश्रय पाउने रहेछ । यहि अवशेषको प्रशय जीवनम गाढा वनेर आएको छ । विगतलाई सम्झाउने यो अवशेष कुनै समयसन्दर्भ, क्षेत्र, समय र पलमा सदैवमा अनियन्त्रित हुदाेँ रहेछ । उमेर र चेतना सँगै प्रार्दुभाव हुने अवशेषको यो प्रत्याभुतिले भोलिका दिनमा र समाज लगायत अवको पुस्तामा कति उजागर गर्न सकिएला ? आफु मरेपछि डुमै राजा भने झै अवशेषको त्यो झोकले वाँकी जीवन सहज वाँच्न देला कि नदेला ? प्रयत्न आफैमा अर्मुत हुन्छ, यो अत्यावश्यक छ, तर त्यो प्रयत्न जीवन, समाज का लागी नभएपछि त्यसले दिने परिणाम भनेको अन्तत नैराश्यता मात्र नै हो । यादका अवशेषहरु केहि समय छाँयामा पर्न खोज्दछन् तर पुर्ण रुपमा विलिन हुन सक्दैन रहेछ । देखिएको सपना, गरिएका कल्पना त केही समयका लागी वाँच्ने मिठो औजार मात्र रहेछ, जुन पछि सोचको बन्धकमा महँङ्गो हुँदो रहेछ । 

 

यात्रा अनवरत रह्याे र रहिरहनेछ, यसमा कुनै दुबिधा छैन । तर जीवनलाई नजिकवाट नियाल्न र सार्थकता खोज्नका लागी गरिएको कर्मले पत्येक पलको अवशेषलाई प्रतिविम्वित गरिदिन्छ । प्रश्नका सागरबाट सोच्न बाध्य वनाईदिन्छ । जब यो सबै अवशेषको बोध हुन्छ, जीवन फिक्का र रंगबिहिन बनिदिन्छ । यहि रंगविहिन जीवनमा चालिएको हरेक पाईलामा आभास भईदिन्छ र अवशेषका अंशले सोधिरहन्छ । आत्मा मर्देन, साँच्चै आत्मा नमर्ने नै रहेछ, किनकी आत्मा अवशेषका रुपमा जीविततामा प्रकट भईरहन्छ । भौतिक वस्तुलाई नै जीवनको अर्थ देख्नेहरुलाई अवशेषको यो अंशले पोल्ला कि नपोल्ला ? या त अवशेषलाई पनि समान्य अंशका रुपमा परिभाषित गरेर अगाडी बढ्ला ?

 

उमेरको ग्राफ वढेर उकालो लाग्दै गर्दा अवशेषका यी अंशहरु जीवनका सहयात्री वन्लान् कि अवरोध ? सोच र चेतनाको तादात्म्यता मिलाउँदा समेत यस अवशेषका अंशलाई न्याय गर्न सकिएला कि नसकिएला ? सोचको निकृष्टतालाई सकारात्मक वनाउँदा अवशेषको यो अंशलाई सहज अवतरण गर्न सकिएला कि नसकिएला ?

 

साँच्चै आत्मा मर्देन रहेछ । आत्मा सवैको एक हुन्छ, फरक त व्यक्तिको सोच र चेतनामात्र रहेछ । आत्मबाट निस्कने पुकार र भनिने बोली बीचको तादात्म्यतामा आकाश र जमिनको अन्तर हुने रहेछ । फगत, मिथ्याका लागी गरिने कर्म र त्यस प्राप्तिका लागी वोलिने वोली आत्माको पुकार हुन सक्दैन । किनकी आत्मा अमर रहेछ, त्यहि आत्माको निरन्तरता नै सृष्टि रहेछ, जुन अन्त्यहीन रहेछ । अवशेषको प्रतिबिम्ब त्यहि आत्माको स्वरुप रहेछ । आत्मिक असन्तुलन त व्यक्तिको घमण्डको उपज रहेछ । जुन उपजलाई हामी तछाँड मछाँड गरि प्राप्तिका लागी दौडिरहेका छौ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।