नेपालमा पहिलोपटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने

Global IME
Norvic Hospital
  • बुधबार, ३० कार्तिक, २०७९
  • 4 months ago
  • अर्थ

काठमाडौँ । नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले २०२२ डिसेम्बर १३ मा बेष्ट एयरलाइन्स अवार्ड नेपाल घोषणा गर्न लागेको हो । 

 

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको जनाएको छ । 

 

बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले पत्रकार सम्मेलनमा बोल्दै हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताए । 

 

उनले अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको जानकारी दिए । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिष्पर्धा गराइने उनको भनाई छ । अध्यक्ष लाखेका अनुसार २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भुमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट एक उत्कृष्टलाई चयन गरिनेछ । 

 

यसैगरी, विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड प्रदान गरिने तथा अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यत्तित्वहरु रहने पनि उनले बताए । जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एशोशिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लव अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे रहेका छन् । 

 

त्यस्तै, अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएशन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेका छन् । 

 

अवार्ड, नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने भएको छ । जसमा नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गर्नेछन् । 

 

यसैबीच, बुधवार नै अवार्डको लागि हस्पिटालिटी पार्टनरको लागि हायात प्लेस काठमाडौं होटलसँग सम्झौता समेत गरिएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 3 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 3 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 3 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।