ढाड दुख्ने समस्याको कारण

Norvic Hospital
प्रतिकात्मक तस्बिर

एजेन्सी । मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेसी जस्ता हड्डीले ढाड बनेको हुन्छ । मेरुदण्डको कुनै पनि भागमा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ । ढाड दुख्नु साझा समस्या हो । प्रत्येक मानिसको जीवनमा एक न एकपटक ढाड दुख्ने हुन्छ ।

 

मेरुदण्डको जुनसुकै भागमा दुखाई हुनसक्छ । तर, मुख्यतय मेरुदण्डको तल्लो भागमा यो समस्या बढी देखिन्छ । ढाड दुख्ने समस्यालाई मुख्यतय दुई किसिममा विभाजन गरिएको छ । मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन ।

 

कारणः

– चोटपटकबाट मेरुदण्ड भाँचिनु, चिरिनु, नसाँ च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनु आदि कारणले ढाड दुख्छ । चोटपटक लाग्दा र बसाई नमिल्नु जस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ । यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ ।

 

– मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाई हुनेगर्छ । उक्त संक्रमण ब्याक्टेरियल र टिबी आदिका कारण हुन्छ । जसले विस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाई हुन्छ ।

 

– ढाड दुखाईको अन्य प्रमुख कारण ट्युमर र क्यान्सर हो । शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुनसक्छ । जसलाई मायलोमा भनिन्छ ।

 

लक्षणः

– ढाड दुखाईको कारण पत्ता लगाउन सामान्य चेकजाँच गर्न सकिन्छ । एक्सरेको माध्यमबाट कारण पत्ता लगाउन सकिन्छ । त्यस्तै कतिपयमा डिस्कको अवस्था थाहा पाउन सिटीस्क्यान र एमआरआई गर्न सकिन्छ ।

 

–कतिपय अवस्थामा रगतमा क्याल्सियम र पोटासियमको कमी हुँदा समेत दुखाई हुने हुँदा रगत परीक्षण गर्नुपर्ने हुन्छ ।

 

उपचारः

– ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाई भएमा औषधिको सेवनबाटै निको हुन्छ । त्यस्तै फिजियोथेरापी, गरेर समेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्युमर र क्यान्सरहरुको पूर्ण उपचार सम्भव छैन ।

 

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 minutes ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

  • 33 minutes ago
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

‘गोरखा’को पोस्टर सार्वजनिक

  • 3 hours ago
‘गोरखा’को पोस्टर सार्वजनिक

काठमाडौँ । भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिने



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।