बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाँके । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।
विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भने ।
बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए. ।
“चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।”
यहाँ आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रा लागि सुखद रहेको छ”, प्रमुख संरक्षण अधिकृतले भने, “अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आचार्य गैह्रआवासीय राजदूत नियुक्त
- 3 minutes ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा सोमबार नियुक्त गरेकी छन् ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
- 8 minutes ago

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या
- 11 minutes ago

चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।