बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा
- बिहीबार, १३ माघ, २०७८
- 3 months ago
- अर्थ

काठमाडौँ। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर खोलेको छ। अझ बढि सुविधा सम्पन्न सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले कुपण्डोलमा सर्भिसिङ सेन्टर संचालनमा ल्याएको बजाज कम्पनीले जनाएको छ।
नयाँ सर्भिस सेन्टरमा जम्मा ५५ मिनेटमै काम सम्पन्न हुने कम्पनीले दावी गरेको छ। ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ। एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ।
नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कुपण्डोलमा शोरुम उद्घाटन गर्न पाउँदा खुसी छौं। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 38 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 41 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 54 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।