बाल बिछोड र हाम्रो समाज

एक जना भाई अध्यायनको लागि देशको केन्द्रीय राजधानी काठमाडौँ आए । केही दिन दिदीभिनाजुसँगको बसाइ र शहरको रमझमले उनलाई रमाइलो अनुभव भयो । उनी रमाए पनि । महिना दिन पछि विद्यालय शुरु भो । नयाँ विद्यालय, नयाँ ठाउँ, नयाँ साथी, नयाँ शिक्षकसँग भने उनी रमाउन सकेनन् । त्यससँगै उनलाई आफ्नै गाउँको यी सब याद झलझलती आयो । केही दिन कक्षामा आफै टोलाए । उसको मन थामेन । एक दिन कक्षामै रुन थाले । मैले सोधेँ, ‘के भो, भाइ ?’ भाइ बोलेनन् । छुट्टै राखेर सोधेपछि ‘मलाई घरको याद आयो।’ त्यसपछि मैले उसको बुबाको फोन नम्बर मागे । अनि फोन गर्दिए । भाइले फोनमा कुरा गरे । भाइ खुशी भयो । कक्षामा गएर पढ्न थाल्यो ।

 

विगत ४ वर्षदेखि घरेलु श्रमिकको रुपमा काम गर्ने ९ वर्षकी बहिनी थिइन् । उनी सरकारी विद्यालयमा पढ्थिन् । तर, कक्षामा उनको ध्यान पटक्कै थिएन । शिथिल देखिन्थिन् । टोलाएर बस्थिन् । कुराकानी गर्दै जाँदा धेरै कुराहरु भए । उनले भनिन्, । म बस्ने घरमा एउटा २ कक्षामा पढ्ने भाइ छ । उ चकचक गरेर लड्दा घाउ लाग्छ । उसलाई सबै जनाले बोक्छन् । माया गर्छन् । औषधि लगाइ दिन्छन् । तर, तरकारी काट्दा मेरो हात कहिले काही चुलेसीले काट्छ ।  तर, मैले,  ‘काम गर्ने ढङ्ग छैन । भन्दै गालि र पिटाइ पाउँछु ।’  यो कुराले मन छोयो । 

 

माथिका घटना विविध कारणले बाल बिछोडमा पर्दा हुने प्रतिनिधि कथा मात्र हुन् । यस्ता कथा बाल विछोडमा परेका हरेक भाइबहिनीका छन् । तिनलाई समेट्ने हो भने ठूलो ठेली बन्न सक्छ । त्यो ठेलीले तीनै तहका सरकार र बालबालिकाको क्षेत्रमा काम गर्ने सबै सरकारी र गैर सरकारी क्षेत्रका प्रवुध्द व्यक्तिहरुलाई नीति निर्माण र यसको कार्यन्वयनमा प्रशस्त मार्गदर्शन र पाटाहरु खुलाउन मद्त गर्नेछ । 

 

राष्ट्रिय बाल आधिकार परिषद्ले हालै प्रकाशित गरेको प्रगति प्रतिवेदन २०७७ को अनुसार नेपालमा ५१५ वटा बालगृह संचालनमा रहेको देखिन्छ । त्यसमध्ये कोरोनाको कारणले भएको बन्दाबन्दीमा ३५९ वटा बालगृहमा बालबालिकाको अवस्था बुझ्न सम्पर्क गरेको देखिन्छ । जस अनुसार ४ हजार ४०० बालक (४९ प्रतिशत) र ४ हजार ५ सय बयालिस बालिका (५१ प्रतिशत) गरी ८९४२ बालबालिकाहरु बालगृहमा रहेका देखिन्छ । यी भनेका विविध कारणले परिवारबाट छुटिएका बालबालिका हुन् ।

 

त्यसैगरी यो लकडाउनको समयमा १ सय ४३ जना बालबालिकाहरु हराएका छन् । जसमा ३८ बालक र १ सय ५ जना बालिका रहेको उक्त प्रगति प्रतिवेदनमा उल्लेख छ । यी मध्ये ४० जना भेटिएका थिए । साथै यो समयमा १३ जना बालबालिका वेवारिसे भेटिए । परिषदले यो अवधिमा ३८ जना सडक बालबालिकालाई उद्धार गरी एक जनालाई पारिवारिक मिलन गराएको छ ।

 

देशमा संचालनमा रहेका ८ वटा बाल सुधार गृहमा रहेका ९४४ बालबालिका मध्ये २३३ जनालाई परिवारको जिम्मामा पठाइएको छ भने अझै ७११ जना बालबालिका सुधार गृहमै रहेका छन् ।

 

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद– २ को दफा ६ ले बाबु आमासँग बस्ने र भेटघाट गर्ने अधिकार स्पष्ट गरेको छ । जस अनुसार यसै ऐनको परिच्छेद– २ को दफा ६ को उपदफा १ ले कुनै पनि बालबालिकालाई निजको इच्छा विपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुदैन। भन्ने कुरा उल्लेख छ । यस उपदफाले हरेक बालबालिकाहरु आफ्ना बाबु वा आमासँगै बस्न पाउनु उनीहरुको पहिलो अधिकार हो । तसर्थ, बालबालिकालाई कुनै पनि बहानामा कसैले पनि बाबु वा आमाबाट अलग गर्न पाइदैन । भन्ने कुरालाई प्राथमिकता दिन्छ ।

 

यसर्थ, आमाबाबु छोराछोरीलाई वा जो कोहीले  अरुको सन्तानलाई पढ्न पाईने, राम्रो खान र लाउन पाइने, घरमा अलि अलि भए पनि आर्थिक सहयोग हुने, धेरै सन्तान भएकोले कुनै सन्तानलाई आफूबाट अलग राख्दा अरुलाई पालन पोषण गर्न अलि सहज हुने, भविष्य उज्ज्वल हुने, शहरमा जान पाइने आदि बिभिन्न बहानामा बालबालिकालाई आमाबाबुबाट छुट्टयाउन पाईदैन । यो कानून विपरीत हो ।

 

यदि यसो हो भने बालबालिकालाई आमाबाबुबाट छुट्टयाउनै नहुने हो त ! एउट प्रश्न उठ्न सक्छ ।

 

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद– २ को दफा ६ विभिन्न उपदफाहरुले यो प्रश्नको उत्तर दिन्छ ।

 

यसै ऐनको परिच्छेद– २ को दफा ६ को उपदफा २ ले उपदफा (१) मा  जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाको सवोत्तम हितको लागि आव‍श्यक भएमा बाल अदालतले कुनै बालबालिकालाई बाबु वा आमाबाट अलग गरी कुनै संरक्षकको जिम्मामा रहने आदेश दिन सक्नेछ।    

 

तर, त्यसरी आदेश दिनु अघि सम्बन्धित पक्षलाई आफ्नो सफाई पेश गने मनासिब मौकाबाट बञ्चित गर्नु हुँदैन । तर, के आमाबाबुबाट विछोडिने हरेक बालबालिका बाल अदालतको आदेशबाटै भएका हुन तरु यो एउटा गम्भीर प्रश्न हो ।

 

त्यसैगरी यसै ऐनको परिच्छेद– २ को दफा ६ को उपदफा ३ ले बालबालिकाको अहित हुने भनी बाल अदालतले रोक लगाएको अवस्थामा बाहेक बाबु वा आमा वा दुवैसँग भिन्न वा अनग बसेको बालबालिकालाई बाबु आमासँग व्यक्तिगत सम्बन्ध कायम राख्न वा नियमित रुपमा प्रत्यक्ष सम्पर्क वा भेटघाट गर्ने अधिकार हुनेछ । 

 

साथै यसै ऐनको परिच्छेद– २ को दफा ६ को उपदफा ४ ले धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री हुने बालबालिकालाई आफ्नो जन्म दिने बाबु आमासँग भेटघाट, सम्पर्क तथा पत्राचार गर्न दिनु पर्नेछ ।

 

यसै ऐनको परिच्छेद– २ को दफा ६ को उपदफा ५ ले वैकल्पिक हेरचाह गर्ने व्यक्ति वा संस्थाले आफ्नो हेरचाह वा संरक्षणमा रहेका बालबालिकालाई निजको जन्म दिने बाबुआमा वा परिवारसँग भेटघाट गर्न दिनु पर्नेछ । 

 

माथि उल्लेखित उपदफाहरुले बाल विछोडमा परेका बालबालिकाहरुलाई आमाबाबुबाट प्रत्यक्ष सम्पर्कबाट हटाउन बन्देज गरेको छ । तर, यो व्यवहारमा लागू भएको छ त ।

 

केही प्रसङ्गहरु जोड्न चाहन्छु । केही व्यक्ति र संस्थाहरुले शहरमा लाने, नाम चलेका बोर्डिङ स्कुलमा पढाइ दिने जस्ता कपोल कल्पित कथाहरु बुनेर आमाबाबु र परिवारबाट छुटाएर बालबालिका ल्याउने र अनाथालय (बाल गृह) मा राख्ने, नाम चलेका बोर्डिङ स्कुलमा पढाइ दिने बहानामा अभिभावकबाट हजारौ लाखौ रुपैयाँ लिने, अनाथ बालबालिका भन्दै र देखाउदै विदेशी र स्वदेशी मानकारी संस्था र व्यक्तिहरुबाट सहयोग लिने र त्यसलाई व्यक्तिगत कमाइ मान्दै आफ्नो धनसम्पति जोड्ने काम गर्दै आएको घटना बेलाबेला समाचारको रुपमा आउँछन् र त्यस्ता बालगृहबाट बालबालिका उध्दार भएका पनि छन् । यस्ता घटनाले समाजमा बस्ने जो कोहीलाई  पनि कतै यो बालगृह सञ्चालन कमाउ धन्दा त हैन भनी सोच्न बाध्य बनाउछ । भला केही बालगृहहरुले राम्रा काम पनि गरेका छन् । यी कुराले माथि उल्लेखित दफा र उपदफालाई कतै चुनौति दिएका छैनन् भन्ने लाग्छ ।

 

यदि यसो नगरेमा बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद– ९ (सजाय, क्षतिपुर्ति तथा मुद्दा हेर्ने  अधिकारी) को दफा ७२ मा सजाय सम्बन्धि कुरा उल्लेख छ । जस अनुसार यसै ऐनको परिच्छेद– ९ को दफा ७२ को उपदफा १ ले कुनै व्यक्ति, संस्था वा निकायले परिच्छेद– २ मा उल्लेखित बालबालिकाको अधिकार उलङ्घन गरेमा  त्यस्तो व्यक्ति वा संस्था वा निकायको प्रमुखलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ, भनी भनिएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 3 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 3 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।