लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

Norvic Hospital
file

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।

 

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे । 

 

गृहमन्त्री खाणले भने, “कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।”

 

उहाँले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उनले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गर ।

 

रुपन्देही गृहमन्त्री खाणको गृहजिल्ला हो । रुपन्देही कांग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित भएका छन् । 

 

गृहमन्त्री खाणको पहलमा रुपन्देहीका सङ्घीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाण सर्वसम्मत चुनिएका हुन् ।

 

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । घोषणासभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले निर्वाचनबाट चुनिएको सभापतिभन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताएका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

  • 2 minutes ago
बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

काठमाडौँ। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर खोलेको छ। अझ बढि सुविधा सम्पन्न सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले कुपण्डोलम

'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

  • 7 minutes ago
'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् नागार्जुना अकिनेनी । आफ्नो जेठो छोरा नागा चैतन्यको डिभोर्सलाई लिएर उनले प्रतिक्रिया दिएका छन् ।

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

  • 17 minutes ago
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।