‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द कोट गरेर राखेको र अन्य मिडियाहरुले शीर्षक नै यही बनाएर राखेको समाचारप्रति नेता गौतमको सचिवालयले आपत्ति जनाएको हो ।

 

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको बेला तटस्थ बसेका नेता गौतमले यस विषयमा नबोलेको भन्दै सचिवालयले आपत्ति जनाएको हो । यसबारेमा विज्ञप्ती जारी गर्दै सचिवालयले भनेको छ, ‘राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् । विगत केही समयदेखि वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो ।’ समाचारमा आएजस्तो कुरा गौतमले नबताएको विश्वमणि सुवेदीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

राससको समाचार

 

सोमबार पत्रकारसँग भैंसेपाटीमा भेटवार्ता भएको तर समाचारमा उल्लेख भएजस्तो भनाइ व्यक्त नगरेको सुवेदीले उल्लेख गरेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

  • 5 minutes ago
महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।

'सरकारको नेतृत्व गर्न हतार छैन'

  • 39 minutes ago
'सरकारको नेतृत्व गर्न हतार छैन'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभा

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

  • 51 minutes ago
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएको छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।