बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल
- शुक्रबार, १६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गरेका छिन् ।
प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु भएको छलफल राती ११ बजे सकिएको अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री हसिना नेतृत्वको पार्टी बङ्गलादेश अवामी लिग (एएल) ले प्रमुख विपक्षी दलको गठबन्धनलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।
पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनल पार्टी (बिएनपी)ले गत अक्टोबर महिनाको शुरुमा “जातीय ओइक्या फ्रन्ट (युनाइटेड नेसनल फ्रन्ट)” गठबन्धन बनाएको थियो ।
गठबन्धनको नेतृत्व भने पूर्व विदेशमन्त्री तथा प्रतिष्ठित कानुन व्यवसायी कमाल हुसेनले गरेका छन् । उनी स्वतन्त्र बङ्गलादेशको संविधानका मस्यौदाकार समेत हुन् । उनले आगामी संसदीय निर्वाचनका लागि गैरदलीय सरकार निर्माण गर्न र बीएनपीका अध्यक्ष जिया समेतका सबै राजनीतिक बन्दीहरु रिहा गर्न माग गरिरहेका छन् ।
बीएनपीका अध्यक्ष जिया भने गत फेब्रुअरीदेखि भ्रष्टाचारको आरोपमा जेलमा छन् ।
प्रधानमन्त्रीसँगको वार्तामा सहभागी भएका बीएनपीका प्रवक्ता मिर्जा फख्रुल इस्लाम अलामगिरले वार्ता उपलब्धीमूलक र सकारात्मक हुन नसकेको जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 13 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 25 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 40 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।