बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, ७ असोज, २०७९
  • 2 months ago
  • युके

लण्डन । बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ ।

 

बेलायती बैंकको लगातार दोस्रो पटकको ०।५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो । 

 

बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् ।

 

बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत बिन्दुले २.२५ प्रतिशतमा पु¥याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । बैंकको अगस्टको कदमलाई दोहो¥याउँदै पहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पु¥याएको थियो ।

 

बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागत्लाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ ।

 

– ब्याज दर २००८ पछिको उच्चतम विन्दुमा –

 

“बैंक अफ इङ्ल्यान्डले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरेकाले बैंक दर सन् २००८ यताकै उच्च विन्दुमा पुगेको छ,” इन्टरएक्टिभ इन्भेस्टर्स एनालिस्ट भिक्टोरिया स्कोलरले भन्े । 

 

विश्व बैंकले चालू तेस्रो त्रैमासिक वा सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतको अर्थतन्त्र खुम्चिने सङ्केत पनि गरेको छ ।

 

अघिल्लो तीन महिनामा ०.१ प्रतिशतले खुम्चिएपछि यसले बेलायतलाई मन्दीमा धकेल्नेछ । मन्दीको प्राविधिक परिभाषा नकारात्मक वृद्धिको दुई सीधा त्रैमासिक हो ।

 

यसैबीच, विश्व बैंकले आगामी महिना मुद्रास्फीति ११ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

 

“अगष्टदेखि ग्यासको थोक मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ,” बैंकले भनेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 8 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।