प्रचारप्रसारको अभावमा ओझेलमा परेको बरन छाँगा

Norvic Hospital

तनहुँ । हाम्रो देश नेपालको परिचय पर्यटनको प्रचुर सम्भावना बोकेको राष्ट्र, भौगोलिक विविधता, विभिन्न साँस्कृतिक विविधताले भरिपूर्ण राष्ट्रको रुपमा लिइन्छ ।

 

नेपालमा यस्ता कैयौं स्थानहरु रहेका छन्, जुन पर्यटनको क्षेत्रमा एकदमै सम्भावना बोकेका छन् । यस्ता ठाउँहरु ओझेलमा छन् । त्यस्ता ठाउँमध्येको एक हो तनहुँको बरन छाँगा ।

 

तनहुँको भिमाद नगरपालिका वडा नं ४ मा अवस्थित यस झरनाले जोकोहीको मन लोभ्याउँछ । गिजनडाँडा, पिरुङ, रिङ्खै धवादिको माझमा रहेको यो झरना ८० मिटर अग्लो छ । भिमाद बजारबाट करिब ९ किलोमिटर भित्र पर्ने यस बरन छाँगालाई वरपरको हरियाली फाँटहरुको मनोरम दृश्य नियाल्दै साहसिक पर्यटन खेल क्यानोनिङको विकास गर्दै पर्यटन क्षेत्रमा भरपुर फाइदा पुग्ने देखिन्छ ।

 

नजिकैका गुरुङ , मगर , नेवार जातिका वस्तीहरुलाई होमस्टेको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन गराउन सकिन्छ । यसका साथै यतिमात्र नभई भिमाद नगरपालिकालाई पर्यटकीय स्थलको भ्यू पोइन्ट बनाउने उद्देश्यका साथ बरन छाँगा पर्यटन पूर्वाधार विकास प्रस्तावना तयार गरिएको छ । 

 

प्रचार प्रसारको अभावमा लुकेर रहेको यस बरन छाँगा गण्डकी प्रदेशका आर्थिक तथा मामिला मन्त्री किरण गुरुङ र भिमाद नगर कार्यपालिकाको कार्यालयको पहलमा विनियोजित रकमबाट सुरु गरिएको सेतीकाली मोटर मार्गले छोएपछि बढी सम्भावना बोकेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।