पाँच लाखको बार्गेनिङमा घुमुवा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, १९ कार्तिक, २०७५
  • 3 years ago
  • नेपाल

हेटौँडा । घुमुवाका कारण सम्बन्धित प्रहरी हाकिममात्रै होइनन् प्रहरी संगठन नै बदनाम हुँदै आएका दृष्टान्तहरू हामीले वर्षौंदेखि उजागर गर्दै आएका छौँ । 

 

घुमुवा प्रहरीको एउटा रोग पनि हो । घुमुवालाई प्रयोग गरेर सम्बन्धित प्रहरी प्रमुख धनाढ्य त बन्छन् नै त्यत्तिकै बदनाम पनि हुन्छन् । यस्तै एउटा घटना जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएका घुमुवा हवल्दार उपेन्द्र यादवको घटनाले पुष्टि गर्दछ । 

 

घटना गतकार्तिक १० गते शनिवारका दिन राति करिब साढे १ बजेको हो । प्रहरी चौकी रामनगर नजिक एउटा गाडी रोकियो । प्रहरी गाडीमा प्रवेश गरी चेकजाँच ग¥यो । चेकजाँच गर्ने सिभिलमा खटिएका प्रहरी थिए । तिनै जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएका घुमुवा हवल्दार उपेन्द्र यादव । चेकजाँचका क्रममा उक्त गाडीमा ८ बोरा पटाका बरामद भयो । पटाकासहित व्यापारी रुवेल अग्रवाल पनि पक्राउ परे । 

 

घुमुवा हवल्दार यादवले आफू गएको मोबाइल गाडी जिप्रकामा नै फिर्ता गरिदिए । सामान पक्राउ गर्नुअघि हवल्दार यादवले एसपी सुुशीलसिंह राठौरलाई ठूलो मात्रामा पटाका आएको र त्यसलाई पक्राउ गर्ने भन्दै विश्वास दिलाएर मोबाइल गाडीसमेत लिएर गएको जिल्ला प्रहरी कार्यालय, चितवनका एक प्रहरी निरीक्षकले जानकारी दिए । 

 

एसपी राठौरले पनि घुमुवा यादवको कुरामा विश्वास गरी राम्रोसँग समन्वय गरी काम गर्नका लागि प्रहरी चौकी रामनगरका सई गगन साहीसँग संयोजन गर्न आदेश दिए । पक्राउ गरिएको ८ बोरा पटाकासहित व्यापारी रुबेल अग्रवाललाई पुल्चोक ल्याइयो । पुल्चोक ल्याएलगत्तै हवल्दार यादवले व्यापारी रुबेल अग्रवालसँग ५ लाख रूपैयाँको डिमाण्ड गरे । 

 

८ लाखको पटाकामा ५ लाख रूपैयाँ नै प्रहरीले माग गरेपछि व्यापारी रुबेल चौधरीले दिन नसक्ने भन्दै यसका लागि पटाकाका मुख्य साहु रक्सौलका वीरेन्द्रसँग सोध्नुपर्ने जवाफ दिए । रुबेल र व्यापारी वीरेन्द्रको बीचमा टेलिफोन वार्ता भइसकेपछि अन्त्यमा २ लाख रूपैयाँमा सहमति भयो । हवल्दार उपेन्द्र यादवले आफूसँगै रहेका अन्य घुमुवाहरूलाई १० हजार रूपैयाँ बाँडचूँड गरेर दिने जानकारी पनि गराए । 

 

यो बीचमा घुमुवा हवल्दार उपेन्द्र यादवको सम्पूर्ण कुरा एसपी राठौर र डिआइजी दीपक थापाकहाँसमेत कुरा पुगेपछि अन्ततः प्रहरी टोलीले नै घुमुवा यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुन्यो । थुनामा रहेका यादवलाई अहिले आवश्यक अनुसन्धान र बयानका लागि भन्दै ३ नम्बर प्रदेश कार्यालय हेटौँडामा ल्याइएको छ । 

 

३ नम्बर प्रदेश कार्यालयबाट बयान लिने कार्य भइरहेको प्रदेश कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् । यो कुराको जानकारी प्रहरी मुख्यालयस्थित आइजिपी सचिवालयमा समेत जानकारी गराइएको छ । हवल्दार उपेन्द्र यादव ३ महिनाअगाडिमात्रै ३ नम्बर प्रदेश कार्यालयले सरुवाका क्रममा रामेछापमा गरेको थियो । तर निजले सोझो स्वभावका एसपी राठौरलाई प्रभावमा पारी आफूले काम देखाउने र हजुरलाई सफल बनाउने भन्दै विश्वासमा पारी ३ महिनामा नै चितवन जिप्रकामा फिर्ता भई घुमुवाका रूपमा परिचालित भएका थिए । 

 

काम देखाउने नाममा रक्सौलका व्यापारी वीरेन्द्रसँग सेटिङ गरेरै घुमुवा यादवले उक्त पटाका पक्राउ नपर्ने विश्वास दिलाएपछि रुबेल अग्रवालमार्फत् उक्त पटाका काठमाडौँका लागि लग्ने क्रममा चितवनमा उक्त घटना घटेको हो । हवल्दार उपेन्द्र यादव लामो समयदेखि चितवनमा घुमुवाका रूपमा परिचालित थिए । यसअघि पनि उनी ज्यादै बदनाम भएका घुमुवा प्रहरी हुन् । 

 

विडम्बना सरुवा भएको ३ महिनामा नै उनलाई प्रदेश कार्यालयले किन चितवनमा आउन सहमति दियो भन्नै प्रश्न पनि गम्भीर रूपमा उठेको छ । घुमुवाहरूले ३ नम्बर प्रदेश कार्यालयका कर्मचारी प्रशासनका सई प्रकाश खत्री र प्रशासनका सई चन्द्रकिशोर साहसमेतलाई प्रभावमा पारी दुर्गममा सरुवा भए पनि पुनः सम्बन्धित जिल्लामा नै फर्काउने गर्दै आएका थिए । 

 

घुमुवामात्रै नभएर अन्य दर्जाका प्रहरीहरू पनि सरुवा भएको एकाध महिनामा नै पुनः घरपायकदेखि आफू कार्यरत रहिरहेको कार्यालयमा फर्किरहेका छन् । चितवन प्रहरीमा असई सीताराम खतिवडाको कमाण्डमा ८ जनाको घुमुवा टोली परिचालित छ । तर यस पटाका प्रकरणका बेला कमाण्डर असई खतिवडा भने बिदामा बसेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 8 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 8 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 8 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।