गौरव तिवारी गिरोह पूर्व आईजीपीको संरक्षणमा सट्टेबाजी धन्दा चलाउँदै

Global IME
Norvic Hospital

काठमाडौं । खेलमा सट्टेबाजी गराउँदै आएको गिरोहलाई प्रहरीले संरक्षण दिन थालेपछि करोडौंको अवैध कारोबार भइरहेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाईन मार्फत सट्टेबाजी गर्दै आएको गौरव तिवारीको गिरोह अहिले वल्र्डकपमा प्रहरी संरक्षणमा नै सट्टेबाजीको धन्दा चलाइरहेको छ ।

 

सट्टेबाजी खेलाउँदै आएका तिवारीलाई प्रहरीले पक्राउ गर्दा उनको बैंक खातामा अवैध सात करोड ४७ लाख रकम देखिएको थियो । सट्टेबाजीका डन नागराज भन्ने अमृत अग्रवालसँग मिली तिवारीले सट्टेबाजी गरेको र पछि विवाद बढेपछि लण्डनबाट मास्टर एकाउन्ट खोली कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

 

शुरुमा तिवारीको गिरोह पक्राउ पर्नासाथ मिडियामा ठूलो हल्ला गर्ने एसएसपी विश्वराज पोखरेलले अन्तिममा जुन ऐन अन्तर्गत मुद्दा चलाएपछि तिवारी एक सातामै दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । तिवारीलाई संगठित अपराध, संस्थागत ठगी र सम्पत्ति सुद्दिकरणमा मुद्दा चल्ने भन्दै पोखरेलले मिडियासामु बताएका थिए ।

 

तर, उनको बोली एक साता पनि टिक्न सकेन र संगठित रुपमा सट्टेबाजीको कारोबार गर्ने तिवारीको गिरोह प्रहरी र अदालतमा सेटिङ मिलाएर छुट्यो । अहिले यो गिरोहले आईपीएलकै शैलीमा वल्र्डकपमा सट्टेबाजी चलाईरहँदा समेत प्रहरी मुकदर्शक बनेको छ ।

 

प्रहरीका उच्च अधिकारीहरुको पैसा मिटरव्याजमा चलाउने तिवारीलाई पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालको पनि संरक्षण रहेको स्रोत बताउँछ । अर्यालले नै एसएसपी पोखरेललाई दबाब दिएर मुद्दालाई कमजोर बनाई तिवारीलाई छुटाएको स्रोतको दावी छ । नेपाल प्रहरीका श्रीवस अधिकारी नामका एक पूर्व सईमार्फत उच्च प्रहरी अधिकारीहरुसँग चिनजान बढाएका तिवारी अन्डरवल्र्ड शैलीमा सट्टेबाजीको धन्दा चलाईरहेका छन् ।

 

तिवारीको गिरोह एक सातामै छुट्नुलाई एसएसपी पोखरेलको ठूलो कमजोरीको रुपमा लिइएको छ । पक्राउ पर्नासाथ मिडियामा ठूलो हल्लीखल्ली चलाउने तर, मुद्दालाई कमजोर बनाई एक सातामा नै अदालतमा पठाएर अभियुक्तलाई उन्मुक्ति दिने उनको कार्यशैलीले प्रहरी अधिकारीहरु नै अचम्मित बनेका छन् । प्रहरीको सेटिङमा उन्मुक्ति पाएपछि तिवारीको गिरोह आईपिएलमा भन्दा वल्र्डकपमा जुवा खेलाउन सक्रिय छ ।

 

वल्र्डकपमा तिवारीको गिरोहले पाँच लाखदेखि २५ लाखसम्म जुवा खेलाइरहेको एक जुवाडे नै बताउँछन् । तिवारीसहित पक्राउ परेका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसीसँग दुई करोड ७७ लाख दुई हजार, भुपेन्द्र कुँवरसँग तीन करोड २२ लाख ९७ हजार र नरेन्द्र सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

 

तिवारीसहित पाँच जना सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका थिए । यसरी संगठित रुपमा १३ करोड भन्दा बढिको अवैध कारोबारको नेतृत्व गर्ने तिवारीले मास्टर एकाउन्टबाट थप २४ वटा एकाउन्ट खोली अनलाईन बेटिङ गर्ने गरेको प्रमाणित हुँदा पनि दुई सय रुपैयाँ धरौटी तिरेर सहजै छुट्नुलाई एसएसपी पोखरेलको कमजोर अनुसन्धानको रुपमा लिइएको छ ।

 

अहिले सुन काण्डमा पक्राउ परेका कतिपयलाई सम्पत्ति सुद्दिकरणको मुद्दा लाग्ने तर, यसरी १३ करोडसम्मको अवैध कारोबार गर्नेलाई न त सम्पत्ति सुद्दिकरण, न संगठित अपराध न संस्थागत ठगिमा नै मुद्दा चल्यो । प्रहरीले यसरी करोडौं अवैध कारोबार गर्नेलाई पक्राउ गरी मुद्दा कमजोर बनाएर छाड्ने हो भने यस्ता अवैध धन्दा चलाउने गिरोहहरुले देशको अर्थतन्त्रलाई नै तहस नहस बनाउने निश्चित छ । आजको युनाइट पोष्टबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।