जातीय विभेदका आधारमा प्रधानाध्यापक कुट्ने दुई जना पक्राउ

  • सोमबार, २३ बैशाख, २०७६
  • 1 year ago
  • नेपाल
प्रतिकात्मक फोटो

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । 

 

जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । 

 

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ । 

 

विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताउनुभयो । वैशाख ६ गते बेनी आएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गरेको थियो । 

 

वैशाख ७ गते छोरा दिप्सनमार्फत् जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाए पनि १५ गते मात्र दर्ता भएको हो । जातीय छुवाछूतसम्बन्धी मुद्दामा एक वर्ष कैद र रु एक लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यस घटनामा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले समेत जातीय विभेद गरी शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

  • 1 hour ago
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १६ जना मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८८८ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका १ हजार ५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन

नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।