Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थहाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरु गर्यो

हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरु गर्यो


काठमाडौँ । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ ।

यो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । यो हरेक तीन घण्टा अपडेट हुन्छ, त्यसैले प्रयोगकर्ताहरुले सधैं ताजा समाचारहरू हेर्न पाउनेछन । यो सुबिधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसंग सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।

एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT