विश्वकै सर्वाधिक धनी बेजोस यस्तो कार्यका लागि छुट्टाए दुई अर्ब डलर
- शुक्रबार, २९ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय
- प्रबिधि

वासिङ्टन । विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।
बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गरेका थिए । उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।
बेजोस र उनकी श्रीमती म्याकेन्जीले निर्माण गर्नुभएको उक्त कोषको नाम “बेजोस डे वान फन्ड” राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिएः “पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।”
बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताए । “मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।”
घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए । उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट गरे ।
अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने ।
बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरेका हुन् ।
सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 48 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।