बेल्जियममा गोली चल्दा दुई प्रहरीसहित चारको मृत्यु

ब्रसेल्स, बेल्जियम । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ । 

 

अज्ञात व्यक्ति छुरा देखाई प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको बताइएको छ । 

 

प्रहरीबाट प्रतिकारमा गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् । 

 

स्थानीय समय अनुसार विहान १०ः३० बजे शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । 

 

आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो हामीले अहिलेसम्म केही पनि थाहा पाइसकेका छैनौँ, यसबारे अनुसन्धानपछि मात्र जानकारी गराउन सकिनेछ, लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले बताए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • 5 minutes ago
कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

  • 8 minutes ago
बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • 26 minutes ago
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित १ वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।