सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई म बेल्पालीको खुल्ला पत्र...

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

महोदय,

तपाईंको बेलायत भ्रमण कत्तिको उपलब्धिमुलक भयो त्यो त तपाईं स्वयंमले समिक्षा गरिसक्नुभयो होला । यस भ्रमणले नेपाल र बेलायतको एतिहासिक दौत्य सम्बन्ध अझै बलियो हुने विश्वास गर्न सकिन्छ तापनि मेरो मनमा लागेका केही कुराहरुलाई बिसाउन यो छोटो पत्र कोर्दैछु । 

 

तपाईंको भ्रमण अक्स्फोर्डबाट सुरुभयो । अक्सफोर्ड विश्वविद्यालयमा नब्बे प्रतिशतभन्दा बढी स्रोता बेल्पाली (बेलायती नेपाली) मात्रै उपस्थित हुँदाहुँदै पनि जानी नजानी अंग्रेजी भाषामा प्रवचन दिनुभयो । उही हामीले सुनिसकेको समृद्ध नेपाल र सुखी नेपाली, सङ्घिय पद्दतिमा नेपालको रुपान्तरण इत्यादी विषयमा । तपाईंलाई त गर्व अनुभुत भयो होला यस्तो ऐतिहासिक स्थलमा आएर प्रवचन दिन पाउँदा तर परिवेश सुहाउँदो जस्तो चाँहि मलाई लागेन ।  

 

उता स्यायडहर्शटमा गोर्खाली सैनिक र तिनका परिवारसँग भेटघाट भएछ । त्यहाँ सलामी थाप्ने र सामान्य भेटघाट बाहेक अरु के नै भए होलान र ! गोर्खालीको लागि विभेदपूर्ण ठहरिएको त्रिपक्षिय सन्धिलाई पुनरालोकन गर्नुपर्ने कार्य सायद भाषणमा मात्रै सिमित रह्यो होला । अनि गोर्खालीलाइ गैर–आवासिय नेपालीको कोटिमा राखेर नेपाली नागरिक रहिरहन पाउनुपर्ने अधिकारबाट बञ्चित नपार्नुहोला भन्ने माग एक कानले सुनेर अर्को कानबाट, इंङ्लिश च्यानल नतर्दै, फ्याकिदिनुभयो होला । 

 

दुताबासमा तीनचार सय गैर–आवासिय नेपाली माझ चियापान कार्यक्रम सु–सम्पन्न भयो । तपाईंले हामीलाई दोहोरो नागरिकता दिने कुरो त आउँदैन क्यारे । जो जोगी आए पनि कानै चिरेको ! स्वप्निल अश्वासान मात्रै दिएर फर्किन्छन् यहाँबाट जो पनि । सिप र अनुभव लिएर नेपाल फर्कनुहोस्, लगानी लगाउनुहोस्, तपाईंलाई हामी सम्मान गर्छौं, देशलाई तपाईंको खाँचो छ जस्ता सतही कुराहरु मात्रै सुनाउनु भयो । हामी गैर–आवासिय नेपाली र नेपाल बिच एक अर्थपूर्ण परियोजना सुरु गर्ने निर्णय गरेको भए उपयुक्त हुन्थ्यो ।

 

महोदय, नब्बेको दशकतिर अमेरिका र बेलायत जस्ता पश्चिमी मुलुकमा बसोबास गर्दै गरेका, ज्ञान र सिपले भरिपूर्ण चाइनिज नागरिकलाई विशेष परियोजना अन्तर्गत देश भित्राएर मात्रै आजको समृद्ध चाइना र हङकङ बन्न सफल भएको हो । तपाईंको समृद्ध नेपालको सपना साकार पार्न चाहनुहुन्छ भने चाइनाले अपनाएको नीति अपनाउनुस् । म लगाएत राष्ट्रप्रेमी धेरै गैर–आवासिय  नेपाली नेपाल फर्केर तपाईंको सुन्दर नेपालअको परिकल्पनामा हिस्सेदार बन्नेछौ । 

 

निवर्तमान प्राधानमन्त्री टेरेसा मे र राजकुमार ह्यारीसँग बाहेक अधिकांश तपाईंले बेल्पालीहरुसँग मात्र समय बिताउनुभयो । जता जाँदा पनि बेल्पाली मात्रै देख्दा कतै मिनी नेपाल जस्तो त लागेन तपाईंलाई बेलायत ? या, कतै प्रदेश न ८ को भ्रमणमा छु जस्तो त अनुभव गर्नुभएन ! 

 

बिबीसी टेलिभिजनमा तपाईंको अन्तरवार्ता हेर्ने मौका मिल्यो । माने नलाग्ने तपाईंका केही जवाफ अंग्रेजीमा सुन्दैजाँदा अन्तर्वार्ता न दिएको भएनी हुन्थ्यो जस्तो लाग्यो । दोभाषे प्रयोग गरेर आफ्ना धारणा नेपालीमा अभिव्यक्त गरेको भए उत्तम हुने थियो । प्रेस सल्लाहकारले कसरी प्रस्तुत हुनपर्ने भनेर तपाईंलाई सल्लाह दिएको हुनपर्ने । कि नेपालीमा नबोल्नुस भन्ने सल्लाह दिदाँदिदैँ पनि तपाईं मान्नु भएन र ? कि प्रेस सल्लाहकारहरु तपाईंको मानहानी हुन्छ भनेर सल्लाह दिनै डराए ? उक्त अन्तर्वार्तामा ४० प्रतिशत नेपालको भुभाग जंगलले ढाकेको छ, दुईचार लाख रुख काटेर विमानस्थाल निर्माण गर्दा वातावरणलाई के असर पर्छ र ? हामीसँग भएका हिमालले वायुमण्डललाई चिस्याउने काम गरेका छन् नै भन्ने तर्क राख्नुभयो । तर, वातावरण प्रभाव मुल्यांकन नगरिकन, रुखबिरुवालाई काट्दै, जथाभाबी डोजरले पहाड भत्काउँदै निर्माण गरिदैँ गरेको सडकहरुले वातावरणलाई पारेको नकारात्मक असरबारे हजुरलाई कत्तिको ज्ञान छ कुन्नी ! 

 

अनि सगरमाथामा ट्राफिक जामले पर्वतारोहीको मृत्युको कारण सरकारको कमजोर व्यवस्थापनले होइन प्रोपोगान्ड हो भन्नु भयो । त्यसको मतलब आरोहीहरु कसैको मृत्यु भएको छैन, यो सबै मिडियाले झुटो कुरा गरेको हो भनेर, अमेरिकि राष्ट्रपति ट्रम्पले जस्तै, संचारमाध्यमलाई दोष लगाउन खोजेको जस्तो बुझियो । 

 

कतै खुट्टाले हिँडेर त पुग्नु भएन, तर कारको झ्यालबाट हेर्नु भयो होला बाहिर । लण्डनलाई जतापनि हरियो र सफासुग्घर देख्नुभयो होला । अनि काठमाण्डुलाइ पनि लण्डन जस्तै हराभरा बनाउने सपना बुन्नुभयो होला । हाइड पार्कमा हिँडेर एकदुई घण्टा सयर गर्नुभएको भए काठमाण्डुलाई कसरी हराभरा बनाउन सकिन्थ्यो भन्ने केही जुक्ती आउनसक्थ्यो । मास्क लगाएर हिँडेको मान्छे देख्नु भएन होला । वायु प्रदुषण यहाँ पनि छ, ४० हजार मर्छन वायु प्रदुषणको कारणले । तर, धुँवाधुलो, फोहोरमैला, र गन्हाउने हावाको बिगबिगी यहाका जनताले दिनदिनै भोग्नुपर्ने अवस्था छैन ।

 

मेरो भनाइको तात्पर्य के हो भने विदेश भ्रमणमा निस्कदा सैद्धान्तिक मात्रै होईन स्थलगत भ्रमणहरु गरेर व्यवहारिक ज्ञान पनि बटुल्नु देश विकासको लागि उपयुक्त हुन्छ ।

 

अक्सफोर्ड र बिबिसी का अनुद्पादक कार्यक्रम भन्दा कुनै औधोगिक क्षेत्र र कृषि फार्महरु जस्ता स्थलगत भ्रमण गरिएको भए केही सिकेर नेपालमा लागु गर्न हुन्थ्यो । हामी बेल्पालिहरु यहाँ विभिन्न पेसामा कार्यरत छौं । हामीलाई पूर्वजानकारी भएको भए हजुर र हजुरका भ्रमण दलका अन्य सदस्यलाई त्यस्ता स्थलगत भ्रमण मिलाइदिन सक्थ्यौं ।  

 

मैले फोहर पानीको ढल प्रशोधन केन्द्रको भ्रमण आयोजना गरिदिन सक्थें । यसबाट काठमाडौँमा ढल संजाल बिछ्याएर ढललाई प्रशोधन गरेर मात्रै पानी बाग्मतीमा बगाऊँदा शहर अनि नदी दुवै सफा हुने ज्ञान लिएर जानुहुन्थ्यो । रिसाइकलिङ सेन्टर र ल्याण्डफिल साइटको भ्रमण गरेको भए काठमाण्डुको फोहोर व्यवस्थापनामा धेरै मद्घत पुग्थ्यो । अनि बर्षेनी मेरो देश भन्दै नाक फुल्लाएर नेपाल भ्रमणमा जाने हामी विदेशी नेपाली र पर्यटकले काठमान्डु एयरपोर्ट उत्रनसाथ दुर्गन्धले नाख खुम्चाउन र मास्क लगाउन पर्ने थिएन ।

 

संचार सम्बन्धी विधेयक ल्याउँदा संचारकर्मी हितकर छैन भनेर नेताले सडक र संसदमा चर्को विरोध गर्ने । गुठी संस्कारलाई सबलिकरण गर्नपर्छ भनेर विधेयक ल्याउँदा पनि त्यस्तै । तर, खै त वातावरण व्यवस्थापन सम्बन्धी ल्याइेको कमजोर विधेयकको कुनै नेता वा सांसदले विरोध गरेको ? जो सुकै कर्मचारीले वातावरण प्रभाव मुल्याङ्कनका सर्तअनुसार निर्माण परियोजना संचाल गरिएको छ कि छैन भनी निरिक्षण गर्न मिल्ने भनेर तपाईंको सरकारले विधेयक ल्याएको छ । त्यो त एक बिरामीलाई डक्टरले होइन कुनै साधारण कर्मचारीले जाँच गरेजस्तै भयो नि । वातावरण व्यवस्थापन सम्पादनका कार्यमा वातावरण विज्ञ कर्मचारीले नै अनुगमन गरिनुपर्छ ।   

 

यहाँलाई थाहै भएको कुरा हो, बेलायत प्रजातन्त्रको जननी हो । नेपालले प्रजातन्त्र र मानव अधिकारका बारेमा धेरै अगाडि बेलायतबाट सिकेर नेपालमा लागू पनि गरेको छ । त्यसरी नै वातावरण व्यवस्थापनमा पनि बेलायत संसारमै एक अग्रणी राष्ट्र हो । अमेरिका र युरोपले पनि बेलायतको वातावरण व्यवस्थापनलाई अनुशरण गर्छन् । मैले काम गर्ने एन्भाएरोमेन्ट एजेन्सीले करिब १०,००० कर्मचारी वातावरण संरक्षणका लागि राखेको छ, जो युरोपकै सबैभन्दा ठूलो संगठन मानिन्छ । भन्नाको अर्थ बेलायतले यस विषयलाई ठूलै प्राथमिकता दिएको छ ।

 

जसरी शिक्षा, स्वास्थ्य, साहित्य र राजनीतिक क्षेत्रमा नेपाल र बेलायतबीच अनुभव साटासाट हुँदै आएको पाइन्छ, त्यस्तै वातावरणको क्षेत्रमा पनि विज्ञ तथा कर्मचारीहरुको आदानप्रदान र प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउन सकिन्छ । मैले भन्न खोजेको के भने, ‘हामीले वर्षको दुईतीन सय गोरखाली सिपाही बेलायतलाई दिँदा दुईतीन जना वातावरण विज्ञ हामीलाई पनि देऊ न भनेर बेलायत सरकारलाई हजुरले कुरा राख्न सक्नुहुन्थ्यो ।’

 

नेपालकी महिला मन्त्री आएर बेलायतको संसदमा महिला हकअधिकार र हिंसाका बारेमा बोल्दा बेलायतको वातावरण मन्त्रीलाई नेपालको संसदमा उभ्याएर बागमती प्रदूषण हुन नदिन ढल कसरी प्रशोधन गरिनुपर्छ भन्ने विषयमा प्रवचनको मेसो मिलाउन सक्नुहुन्थ्यो  । अन्तर्राष्ट्रिय विकास विभागले विकट जिल्लाको खोलामा झोलुङ्गे पुल हालिदिँदा काठमाडौँमा उत्पादन हुने फोहोरमैला डढाएर बिजुली निकाल्ने प्रविधि पनि जडान गरिदिन्छौ कि भनेर माग राख्न सक्नुहुन्थ्यो ।

 

बेलायतले मानवअधिकारको सर्त फुकिरहँदा वातावरण अधिकारका विषयमा पनि नेपाली जनतालाई चेतना दिलाइदिन्छौ कि भनेर सोधिहेर्न सकिन्थ्यो । यसरी नेपालका वातावरणीय मुद्दाहरुको छलफल नेपाल र बेलायतको सरकारी स्तरमा गरियो भने प्रभावकारी हुन सक्छ जस्तो मलाई लाग्छ ।

 

प्रजातन्त्र र मानव अधिकारका कुरा लागू गर्न प्राविधिज्ञ र प्रविधिको खाँचो पर्दैन । तर, वातावरण प्रबन्धनमा यी दुई अपरिहार्य छन् । यी दुई कुरामा बेलायत धेरै अगाडि छ । जो मैले प्रत्यक्ष दिनदिनै भोगेको कुरा हो र मलाई जहिले पनि लाग्छ– बेलायतको जस्तो प्रविधि नेपाल भित्र्याउन सकियो भने मेरो देशको वातावरण स्वच्छ राख्न कति सहयोग मिल्थ्यो होला !

 

यसरी महासय , हामी बेल्पाली र बेलायतबाट नेपालले सिक्नपर्ने धिरै छ । ति आधारअभुत र महत्वपूर्ण कार्य हजुरको यसपालिको भ्रमणले सम्बोधन गर्न सकेन, यही छ मेरो गुनासो । आर्को पल्टको अर्को प्रधानमन्त्रिको भ्रमणले यसमा अवस्यनै बिचार र्पुयाउने छ भन्ने मैले पूर्ण विश्वाश लिएको छु ।

 

धन्यवाद !

तपाईकै गैरआवासीय नेपाली

विजय हितान

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

  • 20 minutes ago
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 41 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 45 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।