बेनी अस्पतालको आइसियु : भएन उपयोग

प्रतिकात्मक तस्बिर

म्याग्दी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (इसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा २ वटा भेन्टिलेटरसहित ५ शैयाको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

 

आइसियु कक्ष स्थापना गरिएको ४ महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिएका छन् । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै २ भेन्टिलेटर र ५ शैयाको आइसियु मेसिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो ।

 

प्रदेश सरकारमार्फत १ करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत १ करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिएका छन् । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा १÷१ जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीले बताए । तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन आन्तरिकरुपमा व्यवस्थापन गर्न सकिने भए पनि अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

 

उनका अनुसार, अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताएका छन् ।

 

बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पु¥याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।

 

भेन्टिलेटरको आवश्यकता बढ्यो

 

जिल्लामा समुदायस्तरमै कोरोनाको संक्रमण फैलँदै गएपछि बेनी अस्पतालमा आइसियु र भेन्टिलेटरसहित सेवा सुचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पु¥याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ । आइसियु सञ्चालन नहुँदा यसै सातामात्रै गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पु¥याइएको थियो ।

 

पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएकाले भेन्टिलेटरसहितको आइसियु सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले बताए । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियु स्थापना भएका प्रदेशभित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ ।

 

स्वास्थ्यकर्मीमाथि भार

 

बेनी अस्पतालमा रहेको दरबन्दीमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाव छ । दरबन्दीअनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो¥याएर डियुटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा १ जना मेडिकल सुपरीटेन्डेन्ट, ८ जना विशेषज्ञ र २ जना मेडिकल डाक्टरको दरबन्दी रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट २ जना मेडिकल अधिकृत, १ जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट १ जना र करारमा ५ जना गरी ९ जना डाक्टर कार्यरत छन् ।

 

हाल कार्यरतमध्ये ३ जना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाउने गरेको पाइएको छ । रासस


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।