भैरवकुण्ड पदमार्गमा होमस्टे सञ्चालन
- बिहीबार, १५ मंसिर, २०७९
- 1 month ago
- पर्यटन
चौतारा। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन्। भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा समूहले होमस्टे सञ्चालन गरेका हुन्।
पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाले जानकारी दिए। “भूकम्पअघि पनि यस्तो सेवा उपलब्ध थियो”, शेर्पाले भन्नुभयो, “होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै छ। विसं २०७२ को भूकम्पपछि दुगुनागढीको पुनःनिर्माण गरिएकाले यहाँ आउने पर्यटक बढेका छन्।” यहाँ गौरीशङ्कर संरक्षण क्षेत्रले समेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको शेर्पाको भनाइ छ।
यार्मासिङ गाउँमा २० वटा घरमा होमस्टे सञ्चालन गरिएको छ। हरेक घरमा कम्तीमा दुई वटा कोठा पाहुनाका लागि छुट्ट्याइएको छ। पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइन्छ। होमस्टे सञ्चालनमा ल्याएपछि दुगुनागढीलगायतका क्षेत्रमा आउन सहज भएको पेमाल्हामू शेर्पाले बताए।
“सिन्धुपाल्चोककै फुल्पिङकट्टीबाट साथीसङ्गीसँगै घुम्ने योजना अनुसार निस्किएका थियौँं”, उनले भने, “शेर्पा सांस्कृति र परमम्परा झल्किने ठाउँ निकै राम्रो रहेछ।”
यो देशभरका ऐतिहासिक १० गढीमध्ये एक हो। अग्लो स्थानमा समथर भूभाग र रमणीयडाँडामा रहेका विशाल चट्टानलाई कलात्मकता दिई पहराको खोँचमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले तिब्बतसँग युद्ध लडेको किबंदन्ती छ। चट्टानको आड लिएर नेपाली पक्षले यही गढीबाट तिब्बततिर प्रहार गरेको शिलालेख समेत छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 11 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 22 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 47 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।