भक्तपुरमा तरूल मेला

Global IME
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

भक्तपुर । काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । 

 

आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ । 

 

भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताए । 

 

उनले भने, ‘तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री शुरु भएको थाहा पाएर यहाँ आए, अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, यही बजार खुलेपछि यहीबाट लगेर व्यापार गर्न सजिलो भयो ।’ 

 

भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएको सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले यहाँ कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताउ । 

 

उन्ले भने, ‘मेरो बल्खुमा पनि तरकारी पसल छ, त्यहाँ म कालीमाटीबाटै तरकारी लैजान्छु, यो तरकारी बजारमा सञ्चालक श्याम बस्नेतले ढुवानी आफैँले गरिदिने र स्टलको समेत भाडा नलिएकाले कालीमाटीमा भन्दा सस्तोमा तरुल बिक्री गरिरहेका छौँ ।’ 

 

तरुल बिक्री शुरु भएपछि व्यापारी र स्थानीय उपभोक्ताको भीड लागेको बताउँदै भक्तपुर तरकारी बजारले व्यापारीदेखि उपभोक्ता समेतलाई राहत मिलेको उनको भनाइ छ । 

 

भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले यहाँ तराई, पहाड र भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताए । 

 

तरुलको जातअनुसार ढकको रु. २०० देखि रु ७०० सम्ममा बिक्री भइरहेको बताउँदै उनले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताए । 

 

हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उनको भनाइ छ । 

 

भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन १८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उनले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताए । 

 

माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उनको भनाइ छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।