भ्रमण वर्ष सफल पार्न भक्तपुरमा के के हुँदैछन् कार्यक्रम ?

  • बिहीबार, १० पुष, २०७६
  • 9 months ago
  • नेपाल

काठमाडौँ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

 

सन् २०२० जनवरी १ का दिन भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले पर्यटन वर्षमा भूकम्पले क्षति पु¥याएका ११६ सम्पदामध्ये ९३ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिँदै लोपोन्मुख सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकता, सम्पदा क्षेत्रमा नियमित सरसफाइ, मर्मतसम्भार र झल्लर राख्ने व्यवस्था एवं निजी आवासीय घरलाई परम्परागत शैलीमा निर्माण गर्न अनुदानको व्यवस्था गरेको बताए । 

 

“नेपाल भ्रमण वर्ष लाई लक्ष्य गरी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने भएका छौँ, त्यसको आवश्यक तयारीमा जुटिरहेका छौँ”, नगरप्रमुख प्रजापतिले भने–“रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदा स्थलमा सौर्य र बिजुली बत्तीको व्यवस्था, पर्यटक बसपार्क, सूचना केन्द्र र स्तरीय शौचालय निर्माण गरिसकेका छौँ ।”

 

नगरपालिकाले स्थानीय पथप्रदर्शकलाई तालीम प्रदान गरी अझ व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत व्यवस्थापन गरिरहेको बताउनुहुँदै नगरप्रमुख प्रजापतिले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनलाई विशेष महत्व दिइरहेको बताए ।

 

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न गर्ने अभियानका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईलाई जानकारीसमेत गराइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 19 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

  • 1 hour ago
कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्ध रहेका छन् ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।