चुनाव नजिकिदै गर्दा भारतीय जनता पार्टीलाई नमिठो झट्का, हालसम्म ९ जना नेताले पार्टी परित्याग गरे
- बिहीबार, २९ पुष, २०७८
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर प्रदेशमा विधान सभा निर्वाचनको मिति घोषणा भएसँगै भारतीय जनता पार्टीलाई दुई दिन यता लगातार झट्का लागिरहेको छ ।
बुधबार ओबीसी नेता दारा सिंह चौहानले योगी आदित्यनाथको क्याबिनेटबाट राजीनामा दिएका छन् भने पार्टी परित्याग समेत गरेका छन् । दुई दिनमा राजीनामा दिने नेतामा उनी छैटौँ नेता हुन् ।
हालसम्म ९ जना भाजपाका नेताहरुले पार्टी परित्याग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
तर, यस दौरान एक जना काँग्रेस र दुई जना समाजवादी पार्टीका विधायकले बिजेपी प्रवेश गरेका छन् ।
मन्त्री स्वामी प्रसाद मौर्य र क्याबिनेट मन्त्री दारा सिंह चौहानले भारतीय जनता पार्टी (भाजपा) छाडेपछि राजीनामा दिने क्रम जारी छ । बिहीबार, शिकोहाबादका बीजेपीका विधायक डा. मुकेश वर्माले पार्टीको सदस्यताबाट राजीनामा दिए।
भाजपाको प्रारम्भिक सदस्यताबाट राजीनामा दिने चर्चा सामाजिक सञ्जालमा चल्न थालेको छ । उनले प्रदेश अध्यक्ष स्वतन्त्रदेव सिंहलाई राजीनामा बुझाएका छन् । डा. मुकेश वर्मा पाँच वर्षअघि मात्र भाजपामा प्रवेश गरेका थिए। यसअघि उनी बहुजन समाज पार्टीमा थिए । उनले बीएसपीबाट २०१२ को विधानसभा चुनाव लडेका थिए र दोस्रो भएका थिए।
पार्टीभित्र समस्या बढेको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 1 hour ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 1 hour ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।