देउवा र महन्थ ठाकुरबीच भेट
- बिहीबार, ३० बैशाख, २०७८
- 1 year ago
- राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका एक अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ । देउवा निवास बुढानिलकण्ठमा उनीहरु भेट भएको हो ।
देउवालाई भेट्नको लागि ठाकुर आफू निकटका नेता राजेन्द्र महतोसँग पुगेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार देउवालाई भेट्न सुरूमा नेता महतो पुगेका थिए । त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएको कारण संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको गर्नको लागि दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ । नयाँ सरकारको बारेमा छलफल गर्नको लागि नेताहरुबीच भेट भएको हो ।
जसपाको ठाकुर पक्ष नयाँ सरकार गठनको विपक्षमा उभिएको छ । कांग्रेसलाई माओवादी केन्द्र तथा जसपाको उपेन्द्र यादल– बाबुराम भट्टराई समूहले साथ दिएको भए पनि सरकार गठनको लागि पर्याप्त हुँदैन । त्यसैले देउवासँग यादव समूह छलफलमा जुटेको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 20 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 28 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 45 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।