अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सकहरु भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा
- मंगलबार, २४ जेष्ठ, २०७९
- 7 months ago
- अष्ट्रेलिया

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी हुने बताइएको छ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मीहरु एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्। एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ।
समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतवार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ। डा सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरुङ (अष्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके), डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिशे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), श्री प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा. चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अष्टेलिया) रहेका छन्।
बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए।
सम्मेलनको सल्लाहकारहरुमा डा हेमराज शर्मा, गौरीराज जोशी, डा केशव पौडेल, यास्मिन बेगम सैयद, फणिन्द्र पन्त, डा सन्ध्या चापागाईं (नेपाल), डा. शरद मान ताम्राकार (अष्ट्रेलिया) रहेका छन्। सो सम्मेलनको लागि मिडिया समिति समेत गठन भएको छ। सम्मेलनको मिडिया संयोजनको जिम्मा चिरन शर्मा (युके) भगिरथ योगी (युके) इन्द्रलक्ष्मी घिमिरे (नेपाल) शुभद्रा ढकाल (नेपाल) र हेमन्त काफ्ले (अष्ट्रेलिया)लाई दिइएको छ।
‘विगतका वर्षहरूमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 9 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 13 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 32 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।