बेलायतमा उदयबहादुरको नेतृत्वमा भ्लोन्मे/प्ल्होन्मे गुरुङ समाजको गठन

  • शुक्रबार, २६ भदौ, २०७७
  • 1 week ago
  • युके

लण्डन । बेलायतमा भ्लोन्मे/प्ल्होन्मे गुरुङ समाजको गठन गरिएको छ । नेपालबाट बेलायत आएर बसोबास गरेका गुरुङहरुमध्ये गुरूङ भाषामा भ्लोन्मे/प्ल्होन्मे भनेर चिनिने समुदायलाई एकीकृत गर्नको लागि समाजको गठन भएको हो ।

 

मेजर उदयबहादुर (भ्लोन्मे) गुरुङ यम. बि. ई. को नेतृत्वमा केही साता अघि बेलायतमा बसोबास गर्दै आएका भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको जुममार्फत बैठक भएको थियो । सोही बैठकपछि समाजको गठन प्रकृया अघि बढेको हो । बैठकमा आफ्नो संस्कार, संस्कृति, पहिचान र इतिहासलाई कसरी बचाएर राख्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । साथै, भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको संस्कार, संस्कृति र बंशावलीको खोज अनुसन्धान गरी सकेसम्म यर्थाथमा आधारित लिखित दस्ताबेज तयार गरी दोस्रो पुस्तालाई हस्तान्तरण गर्नेबारे पनि छलफल भएको छ । 

 

लिखित पहिचान नभएको र हचुवाको भरमा भ्लोन्मे÷प्ल्होन्मे गुरुङको बारेमा बिभिन्न खालका टिकाटिप्पणी आइरहेको कारणले गर्दा त्यस्तो कार्यलाई निरुत्साहित गर्दै लिखित दस्ताबेज तयार पार्ने बारेमा पनि छलफल भएको छ ।

  

त्यस्तै, आफ्नो पुर्ख्यौली थलो, मुल थर साथै आफ्नो संस्कार, रितिरिवाजको संरक्षण र सम्वर्धनका लागि चिन्तन मनन गरि बेलायतमा भएका सम्पूर्ण भ्लोन्मे÷प्ल्होन्मे बुद्धिजिबीहरूको भेलाले मेजर उदयबहादुरको नेतृत्वमा भ्लोन्मे÷प्ल्होन्मे गुरुङहरूको कार्य समिति पनि गठन भएको छ ।

 

जसमा मेजर उदयबहादुर गुठी संचालक तथा अध्यक्षको जिम्मेवारीमा छन् । त्यस्तै, उपाध्यक्षमा क्याप्टेन कृष्णबहादुर प्ल्होन्मे गुरुङ, सचिवमा लालबहादुर प्ल्होन्मे गुरुङ, सहसचिवमा एएसबहादुर प्ल्होन्मे गुरुङ, कोषध्यक्षमा कृष्णबहादुर प्ल्होन्मे गुरुङ, मिडिया समन्वयमा क्याप्टेन राजेन्द्रमान प्ल्होन्मे गुरुङ छन् । त्यस्तै, महिला समन्वयकर्ताको जिम्मेवारी सुधा पोल्स्यो गुरुङ, सांस्कृति तथा परम्पराको जिम्मेवारीमा योगेस प्ल्होन्मे गुरुङ, संरक्षकमा क्याप्टेन भक्तबहादुर भोन्मे गुरुङ, खाना तथा पेयपदार्थ संयो जकमा कृष्णबहादुर प्ल्होन्मे गुरुङ रहेका छन् । त्यस्तै, संस्थाले नेपालका बिभिन्न जिल्लामा रहेका भोन्मे तथा प्ल्होन्मे गुरुङहरुलाई राखेको छ । 

 

बैठकले संस्थाको विधान तयार गर्ने र संयुक्त्त अधिराज्य बेलायत र वेल्सको कानुन भित्र रही संस्थालाई च्यारिटीमा दर्ता गर्ने समेत निर्णय समेत गरेको छ । अन्य निर्णयहरुमा भ्लोन्मे/प्ल्होन्मेहरु बसोबास गरेको नेपालका बिभिन्न गाउँहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरी अभिलेख तयार गर्ने, वर्षमा एकपटक बेलायतमा रहेका भ्लोन्मे/प्ल्होन्मेहरुको रात्रिभोज आयोजना गर्ने निर्णय पनि गरेको छ ।

 

बैठकमा ३५ जना भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको सहभागिता रहेको थियो । 

 

बैठकमा बोल्दै अध्यक्ष उदयबहादुरलले एक दिन भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको इतिहास लेखिने दृढ संकल्प गरेका छन् । साथै उनले समाजको उदेश्य पुरा गर्नको लागि सबैको सहयोगको अपेक्षा गरेको सामजका मिडिया संयोजक क्याप्टेन राजेन्द्रमान (प्ल्होन्मे) गुरुङले बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

  • 51 seconds ago
राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्

‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

  • 9 minutes ago
‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

बर्दिया । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसकेका छन् । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश ग

‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

  • 19 minutes ago
‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

तनहुँ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।