‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’
- शनिबार, १७ मंसिर, २०७९
- 1 month ago
- अष्ट्रेलिया

चितवन । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् ।
नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन् । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।
उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उहाँको भनाइ छ । उनले भने, “आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।”
१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उहाँले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन उनले अनुरोध गरे। आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा चापागाईँ बताउँछने ।
उनले भने, “अभिभावकले बुझ्नु प¥यो, कलेजको शुल्क पनि तिर्नुप¥यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुप¥यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।
नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उहाँले सुझाव दिए । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उनी बताउँछन् । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उहाँले जानकारी दिए । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उनी बताउँछन् । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।
पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उनी बताउँछन् । यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उहाँले जानकारी दिए ।
अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 12 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।