साहित्यको पहाड बोकेर हिंडेका पहारी

Norvic Hospital

 

- विजय हितान 

 

’मान्छे हराएको देश’ मलाई सुम्पेर आज कृष्ण पहारी म देखी हराउनुभएको छ । उक्त पुस्तकभित्र वहाँका हस्तलिखित अक्षरहरु ’मित्र विजय हितान ज्युमा सप्रेम समिक्षार्थ उपहार, २०७४ / २/ २९’ मैले दोहराइ-दोहराइ हेरेको छु त्यस भित्रका कविताहरु पढ्ने क्रममा । आफ्नो बेलायतको छोटो भ्रमणका बेला बेल्पाली साहित्यकारमाझ सद्भावनाका न्याना शब्दहरु बाँडेर आज वहाँ हामीबाट हराउनुभएको छ ।

 

साहित्यमा लाग्न अरुलाई पनि प्रोत्साहन गर्दै सहित्यिक ज्ञानको पहाड बोकेर हिंडेका पहारीजी आज पोखराथोक, पाल्पाबाट हराउनुभएको छ । समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

 

बेलायत भ्रमण पश्चात नेपाल फर्केको छोटो अवधिमै वहाँको निधन भएको दुखद समाचारले बेल्पाली साहित्यको आकाश धमिलो भयो । मेरा आँखाबाट आँसुका वर्षा भए उनीसँग बिताएका दिनहरु सम्झदै । पहारीजी यहाँ हुँदा बेलाबेलामा मलाई फोन गर्नुहुन्थ्यो, मैले वहाँलाइ फोन गर्थें र लामो समय हामीहरु साहित्यिक गफमा भुल्थ्यौं । र अन्य केही साहित्यिक कार्यक्रममा पनि भेट हाम्रो भैरह्यो ।       

 

यो भन्दा अगाडि कहिल्लै भेट नभएका हामी ४ जुन २०१७ का दिन लन्डनमा भेट भयौं । यो कुनै व्यवसायिक भेट थिएन, यो कुनै राजनैतिक भेट थिएन, यो कुनै सौदाबाजीको भेट थिएन, यो कुनै गाउँले भेट पनि थिएन । थियो त, त्यो हाम्रो स्वच्छ साहित्यिक भेट थियो । 

 

हामी बेल्पाली साहित्यकार गत केही वर्षदेखि लन्डनमा वातावरण साहित्य सम्मेलन गर्दै आएका छौं । पृथ्वीको प्राकृतिक वातावरण प्रदुषित हुँदै गएकोले यसलाई जोगाउनपर्छ भन्ने सन्देश दिलाउन मलाई वातावरण साहित्य गर्न मन पर्छ । त्यसैले बेलायतमा सबै साहित्यिक संस्थाहरुलाई आबद्ध गर्दै मैले विश्व वातावरण दिवसलाई पारेर यो कार्यक्रम संयोजन गरेको थिएँ ।

 

साहित्य संगमका संयोजक विनोद अधिकारीले पहारीलाई त्यो कार्यक्रममा ल्याएर आउनुभयो । हामीले पहारीजीलाई विशेष अतिथिको रुपमा सम्मान गर्यौं ।  वहाँका चोटिला मुक्तक पनि सुन्यौं । कार्यक्रमको अन्त्यमा हाम्रा कृतिहरु साटासाट गर्यौं । मैले मेरा ’ बाग्मती ब्लुज’ र ’इको उत्सर्जन’ दुई कृति उपहार चढाएँ । वहाँले ’मैले धेरै ल्याएको छैन, दुई चार प्रती मात्रै छन, हजुरलाई मात्र विशेष मित्रको रुपमा है’ भन्दै ’मान्छे हराएको देश’ झोलाबाट झिकेर मलाई दिनुभयो ।

 

हामीहरु वातावरण कविताहरुको संगालो प्रकाशन गर्ने योजनामा थियौं । ’तपाईंको बेलायत बसाइभित्र एक वातावरण कविता मलाई दिनुहोला है सङ्कलनमा राख्न’ भनेर मैले निवेदन गरेको थिएँ । नेपाल जानुभन्दा अगावै नै ’बगरले पुरिएको फाँट जस्तै जिन्दगी’ मलाई दिनुभयो । त्यसको एक अंश यस्तो छ :

 

‘..अचेल

यो जिन्दगी

खडेरी ले सुक्दै गएको

तिनाउ खोला जस्तै लागिरहेकोछ

किनारामा थुपारिएको बगरहरु

माटोमा मिसिएका बालुवाहरु

जस्तै जस्तै लागिरहेकोछ

मानौ यो जिन्दगी

माटोमा मिसिएको बालुवा जस्तै हो

किनारामा थुपारिएको बगर जस्तै हो

यो जिन्दगी

खडेरीले झारेको पात जस्तै लागिरहेछ‘‘.

 

वहाँका यी शब्दहरुमा केहि मात्रामा वातावरणीय भावना पोखिएका भए पनि बढी आफ्नै जिन्दगीदेखि बिवरक्तिएको सङ्केत पाईन्छ । सम्भवत यो कविता वहाँको जीवनको अन्तिम श्रृजना हुन सक्छ । त्यसो हो भने, यस श्रृजनाको अब प्रकाशन हुँदै गरेको इको कविताहरुको संगालो ’स्वच्छन्द सुसेलिहरु’ मा महत्वपूर्ण स्थान रहनेछ भन्ने मलाई लागेको छ । 

 

लेखक विजय हितान

 

हाम्रो भेटको क्रममा ’बाटिका लघु कथामा हामी लघुकथाहरु प्रकाशन गर्दैछौं, एउटा हजुरको पनि दिनुहोला है, म नजांदै’ भन्नुभएको थियो। अनी त मैले ’गहिरो पहिरो’ लघुकथा दिएर पठाएको थिएँ । 

 

यसरी हामी साहित्यकारहरु अरु उपहार एक आपसलाई के नै दिन सक्छौं र ? न त धन दिन सक्छौ, नत सुन चाँदि नै । न त होटेलमा बोलाएर  टन्न भोज खुलाउन सक्छौं, न त खेत जोतेर, बारी खनिदिएर, छाना छाइदिएर, भारी बोकिदिएर श्रमदान दिनसक्छौं । सक्छौं त मात्रै एक आपसमा श्रृजना र कृति साटासाट गरेर समिप हुन ।

 

यिनै साहित्यिक आदानप्रदानले मलाई र पहारीजीलाई छोटो समयमा नजिक बनाएको हो । हाम्रो मित्रताको जाले रुमाल यसरी बुनिएको हो । ५५ वटा श्रृजना बोकेको ’मान्छे हराएको देश’ भित्र सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विसंगतिका ज्वारभाटाहरु उर्लेका छन् । कुनैमा आफ्नै जिन्दगीका उकाली ओराली कथा व्यथाहरु बनेर खोला जस्तै उर्लेका छन । 

'नदी र मन' शीर्षक कवितामा पहारीजीको भावना यसरी बगेको छ :

 

‘..अचेल म 

सुस्ता भएर खुम्चिदै गएको छु 

कालापानि भएर मिचिदै गएको छु 

फरक यती हो 

नदी पहाड बगाएर बगेको छ 

म झाडा पखाला भएर 

जाजरकोट बगाएको छु‘‘. 

 

‘..अचेल म 

कोशी भएर फुटेको छु 

जलमग्न गराएको छु तराइका फाँटहरु 

फरक यत्ती हो 

नदी लास बगाएर बगेको छ 

म जवर्जस्ती आस बगाएर बगेको छु ‘‘‘

 

यसरी हामी दुईबीच मित्रताको पुल बन्न सफल उनको यस पुस्तकले मेरो किताबहरुको दराजमा महत्वपूर्ण स्थान ओगट्नेछ । तर यो हाम्रो मित्रता दुर्भाग्यबस त्यति लामो टिक्न सकेन । ४ जुन २०१७ मा गाँसिएको हाम्रो मित्रताको माला १६ डिसेम्बर २०१७ मै भौतिक रुपमा टुटेर गयो । वहाँ बाँचेको भए अझै हामी कति साहित्यिक भावनाहरु साटासाट गर्ने थियौं भविष्यमा भनेर आज मलाई पछुतो लागिरहेको छ ।

 

यसरी स्थानीय क्षेत्रमा धेरै साहित्यिक संस्थाहरुमा आबद्ध अनी एकएक गजल, मुक्तक र कविता संग्रह प्रकाशित गरिसक्नुभएका बहुआयामिक साहित्यकार मित्रलाई दैबले हरेर लगेको छ । यस्तो दुखद घडीमा म व्यक्तिगत र हाम्रो संस्थाको तर्फबाट श्रद्धाञ्जली फूलहरु अर्पण गर्न चाहन्छु । अरुलाई साहित्यमा प्रेरणा दिंदादिंदै समय नभएर होला पहारीजी का कथा, उपन्न्यास र अन्य विधाका ९ कृतिहरु अप्रकाशित रहेछन् । ती अधुरा सपनालाई वहांको परिवारले पूरा गरिदिनेछ भन्ने मैले आशा लिएको छु ।

  

(पहारीजीको प्रथम वार्षिकी पारेर समवेदनाका केही हरफ) 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 1 hour ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 1 hour ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 1 hour ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।