को हुन् बिल गेट्ससँग सम्बन्धविच्छेद गर्न लागेकी मेलिन्डा गेट्स ?

एजेन्सी । बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्न लागेका छन् । उनीहरु भन्छन्, "जीवनको अबको चरणमा दम्पतीका रुपमा अझै आत्मीय भइरहन सकिन्छ जस्तो हामीलाई लाग्दैन ।" बिल गेट्स प्रसिद्ध व्यक्ति हुन्, तर मेलिन्डा नि ?

 

मेलिन्डा फ्रेन्चको जन्म १९६४ मा भयो । उनी टेक्ससमा हुर्किएकी हुन् । उनले ड्युक युनिभर्सिटीमा कम्प्युटर विज्ञान र अर्थशास्त्र पढिन् । सन् १९८७ मा माइक्रोसफ्ट कम्पनी प्रवेश गरेपछि उनको बिलसँग भेट भयो ।  

 

सन् १९९४ मा बिहे गरेका उनीहरुका तीन सन्तान छन् । बिल गेट्सले माइक्रोसफ्टलाई विशाल प्रविधि कम्पनी बनाए । मेलिन्डाले बच्चा हुर्काइन् । बिल गेट्स संसारका चौथा धनी व्यक्ति हुन् । उनीसँग १२४ अर्ब डलरको सम्पत्ति छ । 

 

सन् २००० मा गेट्स दम्पत्तिले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन बनाए । मेलिन्डा त्यसमा सहअध्यक्ष तथा बोर्ड सदस्य छिन् । अहिलेसम्म फाउन्डेशनले कोभिड १९ राहत समेत जनसंख्या र शिक्षाको क्षेत्रमा ५० अर्ब डलर खर्च गरिसकेको छ । 

 

सन् २०१५ मा मेलिन्डाले महिला र परिवारका लागि काम गर्ने पिभटल भेन्चर्स नामक लगानी कम्पनी स्थापना गरिन् । 

 

उनले भनिन्, "हामीमध्ये आधालाई केही गर्न दिइँदैन भने हामी कोही पनि अघि बढ्न सक्दैनौँ भन्ने तथ्य विश्वले अन्ततः बुझ्न थालेको छ ।" 

 

सन् २०१९ मा मेलिन्डाले द मोमेन्ट अफ लिफ्ट नामक शीर्षकमा महिलाको संघर्ष तथा सशक्तीकरणबारे एउटा संस्मण प्रकाशित गरिन् । गेट्स फाउन्डेशनले बिल र मेलिन्डाले सँगैसँगै काम गरिरहने बताएको छ । (बीबीसी)


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

  • 2 minutes ago
युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकको बोत्तल हटार सबैलाई आश्चर्यचकित पारेका थिए । उक्त घटनाका कारण कोका कोलाको शेयर मुल्यमा एक्कासी भारी गिरावट आएको थियो ।

४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • 2 minutes ago
४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

बैतडी । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् ।

रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

  • 17 minutes ago
रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा लागेको छ । कोका कोलाको मार्केट मुल्य २४२ बिलियन डलर रहेको थियो ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।